बिहिबार, बैशाख १३, २०८१

म.प.को निर्णय : लुम्बिनी विकास परिषद्को सदस्यसचिव ढकाल बर्खास्त

काठमाडौं जेठ १६ , जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले लुम्बिनी विकास परिषद्को सदस्यसचिवबाट विष्णुप्रसाद ढकाललाई हटाउने निर्णय गरिएको जानकारी भएको जानकारी दिनु भएको छ ।

त्यस्तै भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा मिनिस्टर (इकोनोमी)पदमा कार्यरत कृष्णहरी पुष्करलाई फिर्ता बोलाउँदै पुष्करलाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले सरकारले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनका लागि आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरेको छ ।  त्यस्तै नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर खाद्यव्यवस्थातथाव्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दोस्रो नवीकरण वापतको २० अर्ब रुपैयाँ मध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी प्रथम किस्तावापतको दूरसञ्चार मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न निर्देशन समेत दिएको छ । नेपालखाद्य संस्थानको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका ११ स्थित कित्ता नं. २३९७को क्षेत्रफल ६२–१–३–१ रोपनीबाट नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४ भदौ १९ गतेको निर्णयबाट प्रहरी परिसर काठमाण्डौंलाई उपलब्ध गराउने भनी निर्णय भएको ३२ रोपनीजग्गामध्ये हाललाई महानगरीय प्रहरी परिसर, काठमाण्डौंको नाममा १५ रोपनीजग्गाप्रतिआना रु ५० लाखका दरले रु.१ अर्ब २० करोड रजिष्ट्रेशनपास गर्न लाग्ने रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासादिने निर्णय संगै साविक नेशनल ट्रेडिङ लिमिटेड हाल नेपालआयलनिगमको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिकाको टेकुस्थितमहानगरीय प्रहरी परिसर र अपराधमहाशाखा, काठमाण्डौंको कार्य सञ्चालनभइरहेको भवनतथा सो वरिपरीको जग्गामध्ये ९ रोपनीजग्गा नेपालप्रहरीको अपराधमहाशाखा, काठमाण्डौंको नाममा रजिष्ट्रेशनपास गर्ने निर्णय गरिएको छ ।

यस्तो छ म.प .को बाँकी निर्णय