शनिबार, बैशाख ८, २०८१

  मिलापको फाउण्डेसनको निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट जेठ ६  ,  गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले जेठ ४ गते शनिबार नुवाकोटको विदुर नगरपाालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको हो । शिविरमा अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि. नुवाकोटको सहकार्यमा भएको सो स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परिक्षण गराएका थिए ।

अल्का अस्पतालका स्त्री रोग विशेषज्ञ डा. जितेन्द्र सिंह र डा. एञ्जिला मालाकारले नुवाकोटको दुर्गम ठाउँमा आएर सेव प्रदान गर्ने अवसर जुटेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । स्वास्थ्य परिक्षणमा विरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले निःशुल्क शिविर अयोजना कार्यक्रममा साथ सहयोग पुर्याउने सबैलाई धन्यावाद दिदै आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन । उनले नेपालमा २०७२ सालमा गएको विनासकारी भूकम्पमा आहत भएकालाई तत्काल राहत पुर्याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले समय समयमा सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान योजना रहेको बताइन ।

वडा नं. ७ का वडाअध्यक्षले मिलापले आफ्नो ठाउँमा आएर निःशुल्क शिविर बाट यहाँका जनतालाई प्रत्यक्ष सहयोग पुर्याएकोमा धन्यवाद दिएका थिए । त्यस्तै बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि.का मुकुन्द घिमिरेले साथ सहयोगका लागि सबैलाई धन्यवाद दिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।