बिहिबार, बैशाख ६, २०८१

मिडिया विधेयक संविधानको मर्म विपरित नहुँने गरि संशोधन गरिने  नेता नेम्वाङको प्रतिवद्धता  

काठमाडौ जेठ ९,  नेपाल पत्रकार महासङ्घले बुधवार   सरकारले  सङ्घीय ससंदमा  दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयकको विषयमा  ध्यानाकर्षण गराउँदै पूर्व सभामुख  एवम्  नेकपा    संसदीय दलका उपनेता सुवास नेम्वाङलाइ  १५ बुँदे सुझावसहितको ध्यानाकर्षणपत्र  बुझाएका छन ।

ध्यानाकर्षणपत्रमा मिडिया काउन्सिलको सट्टा प्रेस काउन्सिल राख्नुपर्ने, विधेयकको प्रस्तावनामा स्वायत्त र स्वतन्त्र काउन्सिल स्थापनाका लागि ऐन बनाइएको भनेर प्रष्ट शब्दमा लेख्नुपर्ने र परिभाषा खण्डमा विद्युतीय प्रसारण, अनलाइन पत्रकारिता र समाचार समितिबारे स्पष्ट परिभाषा लेख्नुपर्नेलगायत बुँदा समावेश गरिएको छ ।

त्यस्तै  महासंघको  ध्यानाकर्षणपत्र बुझने क्रममा  महासंघको  माग प्रति आफु सकारात्मक रहेको  अभिव्यक्ति दिदै   नेता नेम्वाङले प्रस्तुत विधेयक संविधानको मर्म विपरित नहुँने गरि  पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको  छ   ।

स्मरण रहोस प्रस्तुत  विधेयकमा  मुलत  यो वात्यो नाममा  नेपाली प्रेसजगतमाथि संविधानको प्रस्तावनामा उल्लेख भएको मर्म विपरित   सरकारले     पूर्ण नियन्त्रण  राख्न खोजेको भन्दै  पत्रकार महासङ्घ  दोस्रो  चरणको  आन्दोलनमा होमिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930