शुक्रबार, बैशाख ७, २०८१

मिडिया काउन्सिल विधेयक- प्रेस जगतप्रति सरकारको अनुदारता : साझा विवेकशील

पत्रकारहरूको हकहितको रक्षाका लागि गैरराजनीतिक एउटा छाता संगठन हुनु पर्छ । दलआबद्ध अन्य सबै पत्रकार संगठन भङ्ग गरिनुपर्नेमा  जोड

ललितपुर बैशाख ३०,  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याउँन लागेको मिडिया काउन्सिल विधेयकको राजनैतिकवृतमा समेत चर्चा हुन थालेको छ । साझा विवेकशील पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रस्तावित मिडिया काउन्सिल विधेयकका विषयमा उठेको प्रश्नका बारेमा सरोकारवाला पक्षसँग गहन छलफल गर्न सरकारलाई सुझाव दिएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले विधेयकमा परेका कतिपय प्रावधानले लोकतन्त्रको मर्ममा नै प्रहार गरेको बताउँदै संसद्मा पेश गरिएको मिडिया काउन्सिल विधेयक अविलम्ब फिर्ता गरी सरोकारवालासँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्न सरकारलाई सुझाव दिएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा काउन्सिललाई मन्त्रालय मातहतको विभाग र महाशाखाका रुपमा नभइ स्वायत्त निकायका रुपमा राखिनुपर्नेमा जोड दिदै सरोकारवालासँग छलफल नै नगरी ल्याइएको उक्त विधेयकले प्रेस जगतप्रति सरकार अनुदारतालाइ प्रष्टयाएको भन्दै प्रेसको मर्यादा राख्ने कार्यमा   पत्रकार चुक्न नहुँनेमा  जोड दिदै     नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेसले पुर्याएको अतुलनीय योगदानको परिप्रेक्षमा प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमका विरुद्ध हामी मिडिया जगतसँग साथ रहने  र पत्रकारहरुको दलैपिच्छे भगिनी संगठन बनाइनु हुँदैन भन्ने मान्यता राख्दछ । पत्रकारहरूको हकहितको रक्षाका लागि गैरराजनीतिक एउटा छाता संगठन हुनु पर्छ । दलआबद्ध अन्य सबै पत्रकार संगठन भङ्ग गरिनुपर्नेमा  जोड दिईएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930