शुक्रबार, बैशाख ७, २०८१

मिडिया काउन्सिलसम्बन्धी विधेयक-पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत : सभामुख महरा

विधेयक फिर्ता गराउने सभामुखको महराको आश्वासन

काठमाडौ वैशाख ३१, नेपाल प्रेस युनियनले आज सरकारले सरकारले ल्याएको विधेयक हुबहू कार्यान्वयन भए प्रेसमात्र नियन्त्रण नभई लोकतन्त्र र नागरिक अधिकारसमेत कुण्ठित हुने जिकिर सहित सभामुख कृष्णबहादुर महरालाइ आज ध्यानार्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।
त्यस्तै प्रेस युनियनको ज्ञापनपत्र बुझ्दै सभामुख महराले पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत रहेको बताउँदै प्रस्तुत विषयमा सञ्चारमन्त्री र राष्ट्रियसभा अध्यक्षसँगसमेत आफूले यो विषयमा कुरा गर्दै विधेयक पूर्णरुपमा फिर्ता नभए संशोधनका माध्यमबाट भने पनि पत्रकारका माग सम्बोधन गर्न आफू लागिपर्ने बताउँनुभएको छ ।

त्यस्तै युनियनले आजै राष्ट्रियसभा अध्यक्षलाई पनि ज्ञापनपत्र बुझाउँदै छ भने आजै ७७ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई ज्ञापन बुझाउने कार्यक्रम समेत तय गरेको छ । साथै बुधवार देशभर यस विषयमा अन्तर्क्रिया गर्ने र बिहीबार सबै जिल्ला र काठमाडौंमा संसद् भवनअघि प्रदर्शन गर्ने कार्यक्रम यसअघिनै सार्वजनिक गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930