शुक्रबार, बैशाख ७, २०८१

महिला समूह लक्षित उद्घोषण तथा नेतृत्व विकास तालिम

ललितपुर बैशाख २४ , ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखाद्दारा आयोजित एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।  महिला समूहका पदाधिकारीको अन्र्तनिहित मनोभावलाइ थप उजागरित गर्दै कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले महाशाखाले उक्त तालिम आयोजना गरेको हो । सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको उक्त तालिममा २३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

महाशाखाका प्रमुख बाबुराजा महर्जनको सभापतित्वमा आयोजित समापन समारोहका प्रमुख अतिथि सामाजिक विकास समितिका सदस्य तथा ललितपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले सहभागीले एडभान्स कोर्सका लागि गरेको माग पूर्तिका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्दै सहभागीलाइ प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

तालिममा सानेपा हाइट महिला समूह, शान्तिविहार महिला समूह, दिब्यनगर महिला समूह, रत्नाकार उद्यमी महिला समूह, नारी जागृत्ति महिला समूह, दिदीबहिनी हात्तेमालो महिला समूह, कुसुन्ती महिला समूह, शंखमूल महिला समूह, देवनगर महिला समूह, पञ्चेश्वर महिला समूह लगायत समूहबाट पदाधिकारीहरुको सहभागिता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको  छ ।

त्यस्तै प्रशिक्षार्थीको तर्फबाट शान्तिविहार महिला समूहकी संगीता तण्डुकारले संचालन गरेको समापन समारोहमा रत्नाकर उद्यमी महिला समूहकी सहिना बज्राचार्य, दिब्यनगर महिला समूहकी मथुरा सापकोटा डोटेल, देवनगर महिला समूहकी गोमा खरेलले तालिम अघि र तालिम पछिको आफ्नो अनुभव सुनाएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930