बिहिबार, बैशाख १३, २०८१

मण्डला थिएटरमा पहाड र मधेशवीचको एकताका लागि मिताआबको नाचलब

काठमाडौं बैशाख २९,  पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक‘मिता आबको नाचलब’अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।  कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ।
वैशाख २० गतेदेखि आगामी जेठ ५गतेसम्म नाटक मञ्चनहुने निदेशक कामतले बताएका छन् । ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्यो,’ कामत भन्छन्, ‘जसकाकारण तराईमा बस्ने पहाडीमूलका र पहाडमा बस्ने मधेशीमूलका नेपाली जनताले लामो समय सम्म तनावझेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनःकायम भएको विषयलाई नाटकमार्फत प्रस्तुत गरिएको छ।’

साथै ‘मिताआबकोनाचलब’ले मधेश आन्दोलन पछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए। मिताआबकोनाचलबअर्थात्मितज्यू अब कसरी जाने? नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ। पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तर आञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिलीदुवै भाषाप्रयोग गरिएको छ। निर्देशककामत सहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।