बुधबार, बैशाख १२, २०८१

भ्रष्टाचारको अभियोगमा कार्यालय प्रमुख सिन्हासहित छ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं जेठ ९ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ तरकारी जोन पर्सामा कार्यरत कार्यालय प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित छ जनाविरुद्ध आज मुद्दा दायर गरेको छ ।
त्यस्तै आयोगले आजै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समिति पर्साका अध्यक्ष रामेश्वर महतो, निर्माण व्यवसायी रामलाल राउत र सन्नी यादवविरुद्ध मुद्दा दायर गरिएको छ ।

निर्माण व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्राटुक्रा पारी कोटेशनबाट काम गराई सार्वजनिक खरीद ऐन नियमावलीको विपरीतको काम गर्दै लेखापाल सत्यनारायण सहनी, सवइञ्जिनीयर राकेशकुमार महतोले सामान रु १ लाख ४७ हजार ३०२ बराबरको भ्रष्टाचार गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।