बिहिबार, चैत्र १५, २०८०

भूकम्पपीडितका लागि अव जीविकोपार्जन सहुलियतपूर्ण कर्जा

काठमाडौ बैशाख २५ , राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्त्रिपरिषदको बैठकले भूकम्पपीडितलाई निजी आवास पुनर्निर्माण गर्न सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरेसंगै ऋण लिन थप सहज हुने जनाएको छ ।

साथै भूकम्पपीडितले अव आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि समेत थप कर्जा लिन पाउने भएके छ । प्राधिकरणका अनुसार जीविकोपार्जन कर्जा अन्र्तगत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवं उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जामध्ये एक कर्जा लिन सक्ने बुझिएको छ ।

त्यस्तै भूकम्पपीडितले कर्जाका लागि घर र सो घरले चर्चेको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थामा आवेदन दिएसंगै बैकले ऋण दिनु पर्ने र यसको लागि स्थायी लेखा नम्बर आवश्यक नपर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।