बुधबार, बैशाख १२, २०८१

भारतीय लोकसभा निर्वाचन: सत्तारूढ भाजपाको २८८ स्थानमा अग्रता, मोदीलाइ यत्र ,तत्र, सर्वत्रबाट बधाइको ओइरो

समाचार एजेन्सी जेठ ९, भारतीय लोकसभा अन्र्तगत पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि भएको चुनावको बिहीबार साँझ ६ः३० बजेसम्मको मत गणनानुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने प्रष्ट सङ्केत देखिएको छ ।

आज बिहानदेखि शुरु भएको को मत मतगणना परिणामको आकंडा अन्र्तगत भारतीय निर्वाचन आयोगलाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सत्तारूढ भारतीय जनता पार्टीले १५ सीटमा विजय हासिल गरिसकेको छ । भाजपाले अन्य २८८ स्थानमा अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेसले दुई स्थानमा विजय हासिल गरेको छ भने ५३ स्थानमा अग्रता कायम गरेको जनाएको छ ।

यसैवीच प्राप्त सत्तारुढ दल भाजपाका नरेन्द्रमोदी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत स्थानमा अग्रता कायम गरेसंगै मतपरिणामलाइ विश्लेषण गर्दै पुन प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा हेरिएनुको अलावा पूर्ण मतपरिणम नहाउँदै नरेन्द्रमोदीलाइ विभिन्न देशका नेताहरुले बधाइ ज्ञापन सहित शुभकामना दिन थालिसकेको छ । यस क्रममा नेपालका प्रम केपी ओली, नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड ,पाकिस्तानी प्रधानमन्त्री इमरान खान, इजरायली प्रधानमन्त्री र कङ्ग्रेस नेता राहुल गान्धीलगायतले बधाई ज्ञापन गर्नुभएको समाचार भारतीय सञ्चारमाध्यमले प्रसारण गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।