शनिबार, बैशाख ८, २०८१

बालिका बलात्कार गर्ने बलात्कारीद्दय राइ र चौधरी पक्राउ

भक्तपुर जेठ १,  १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई प्रहरीले पक्राउ गरेकोछ ।

प्रहरीका अनुसार बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीले आरोपित राइलाइ पक्राउ गरेको हो ।

त्यसैगरी १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गर्दै आएको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीय आशिष चौधरीलाई पनि पक्राउ गर्दै अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।