शनिबार, बैशाख ८, २०८१

फोरम र नयाँशक्तिबीचको एकताको छलफल अन्तिम मोडमा

काठमाडौ बैशाख १९, सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच हुँदै गरेको छलफल अन्तिम निष्कर्षमा पुगेको छ ।

केपी ओली नृतृत्वको सरकारमा उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराईवीच पार्टी एकाकारका लागि हुँदै गरेको छलफलले निर्णायक मोडमा रहेको समाचार स्रोतको दावी रहेको छ ।

त्यसतै विगतमा पनि पार्टी एकताको प्रयास भएपनि नेतृत्व विवादका कारण एकाकार हुन नसकेको यी दुइ पार्टी वीच भएको एकताको प्रयासले पूर्णता पाउँन नसकेको बताउँदै यसपटक भने पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले पाटीको एकता पछि नेतृत्वको जिम्मेवारी समेत फोरमलाइ दिने मानसिकता बनाएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।