शुक्रबार, बैशाख ७, २०८१

प्रेस स्वतन्त्रता माथिको निर्मम प्रहार विरुद्ध  काँग्रेस चुप लागेर नबस्ने :  महामन्त्री डा कोइराला

  • गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनु पर्नेमा नेता गगनको जोड

  • शासकीय क्षमता देखाउँन प्रम ओलीलाइ प्रवक्ता शर्माको चुनौती

काठमाडौ जेठ १३, नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवको कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कुनै पनि मुलुकमा लोकतन्त्र आधारस्तम्भका रुपमा रहेको प्रेस स्वतन्त्रता विरुद्ध वर्तमान सरकारले मिडिया काउन्सिल विधेयकको नाममा गर्न खोजेको निर्मम प्रहार विरुद्ध नेपाली काँग्रेस चुप लागेर नबस्ने बताउँनु भएको छ । 

त्यस्तै उहाँले संविधानको भावना विपरीत मिडियालाइ नियन्त्रण गर्न सक्यो भने जे गर्दा पनि हुन्छ भनने दिवास्वप्न सहित यो वा त्यो नाममा ल्याएको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कानून पारित हुन नदिने बताउँनु भएको छ । 

त्यस्तै कार्यक्रममा वोल्दै काँग्रेस केन्द्रीय सदस्य गगन थापाले सरकार एकपछि अर्को गर्दै संविधानको मर्म विपरित नागरिकका अधिकार कुण्ठित गर्ने लागि परेको बताउँदै लगाउँदै लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि दृढ भएर लाग्नु पर्ने बताउँनु भएको छ ।  त्यस्तै उहाँले नेता गगन थापाले चन्द समूहले जनसेना गठन गरेको र काठमाडौं उपत्यकालाई निशाना बनाएको भन्ने सूचना हुँदा–हुँदै पनि सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा दिनु पर्नेमा जोड दिएका छन ।  

त्यस्तै काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको प्रेस स्वतन्त्रता कसैको कृपाले स्थापित नभई स्वयं सञ्चारकर्मीको योगदानले स्थापित भएको बताउँदै सरकारले विभिन्न कानूनमार्फत व्यक्तिगत स्वतन्त्रतामा अङ्कुश लगाउन असफल प्रयासको थालनी गरेको आरोप लगाउँदै प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानून मान्य नहुने बताउँनु भएको छ ।  विप्लव समूहसँग निषेधको राजनिती होइन वार्ता र संवादबाट बाट समाधान खोज्दै शासकीय  क्षमता देखाउँन प्रम ओलीलाइ चुनौती समेत दिएका छन । साथै उहाँले सरकारको यहि रवैया रहिरहे सरकारले शान्ति–प्रक्रिया टुंग्याउन नसक्ने बताए ।  

 

 

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्यद्दय डा मीनेन्द्र रिजाल दीपक गिरी राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेल, वरिष्ठ पत्रकार हरिहर विरही, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द अचार्य, न्यूनतम पारिश्रमीक निर्धारण आयोगका अध्यक्ष गंगाधर पराजुली , युनियनका सल्लाहकार  शिव लम्साल वरिष्ठ पत्रकार किशोर नेपाल, वरिष्ठ पत्रकार दामोदर दवाडी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, कार्यवाहक अध्यक्ष दीपक आचार्यलगायतले प्रेस स्वतन्त्रतामा नियन्त्रण गर्ने कुनै पनि कानून मान्य नहुने बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930