शुक्रबार, चैत्र १६, २०८०

प्रम स्वरोजगार कार्यक्रममा महानगरका नागरिकको अभिरुची न्यून

काठमाडौ बैशाख २६ ,  बेरोजगारी हाम्रो मुख्य चुनौती र यस विरुद्धको एक एेतिहासिक घोषणा भन्ने मुल नारा सहित गत फागुन १ गते प्रधानमन्त्री केपी ओली स्वयमले शुभारम्भ गर्नु भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काठमाडौं महानगर क्षेत्रबाट आवेदन दिनेको सख्या अपेक्षितरुपमा न्यून रहेको कामपाले जनाएको छ ।

परिवारका कोही सदस्यको पनि रोजगारी नभएका, वैदेशिक रोजगारीमा नगएका यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था सहित सरकारले कार्यान्वयन गर्न खोजेको स्वरोजगार कार्यक्रममा काठमाडौं महानगरपालिकाका ३२ वडाबाट अहिले सम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेको कामपाका सम्वद्ध शाखाले जनाएको छ ।  यद्यपी वैशाख मसान्तसम्म फाराम भर्ने समयसीमा रहे पनि आवेदन दिनेको सख्या न्यून रहनु भनेको कार्यक्रमको लागि प्रस्ताव गरिएको मापदण्ड समायोजन गर्न आवेदकले नसकेको सम्वद्ध अधिकारीले बताए ।

महानगर समाचारस्रोतका अनुसार आवेदनका लागि तोकिएको परिधी महानगरका नागरिकका लागि अनुपयुक्त रहेकै कारण कामपाका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट कुनैपनि आवेदकको आवेदन नपरेको अवस्था रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।