शुक्रबार, बैशाख ७, २०८१

पूर्वप्रधानन्यायाधीश खत्रीको निधन

प्रम ओली , मानव अधिकार आयोग र प्रेस काउसिन्सल द्वारा दुःख व्यक्त

काठमाडौ जेठ १०,  पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक अध्यक्ष नयनबहादुर खत्रीको निधन भएको छ । खत्रीको ९६ वर्षका उमेरमा अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले पूूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका नयनबहादुर खत्रीको निधन प्रति दु ख व्यक्त गर्दै दिवंगत खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

विसं २०४३ मा चीनका लागि नेपाली राजदूतसमेत हुनुभएका खत्रीले विसं २०५७ मा राष्ट्रिय मानवअधिकार आयोगको पहिलो अध्यक्ष, विसं २०१६, २०२८, २०४८ मा तीन पटक कानून सुधार आयोगको अध्यक्ष, २०३१ सालमा प्रेस काउसिन्सलको अध्यक्ष भएर राष्ट्रिय मानव अधिकारका क्षेत्रमा कमत्वपूर्ण योगदान पु-याउनुभएको थियो ।

यसैवीच राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो पहिलो अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ । आयोगको आज बसेको आकस्मिक बैठकले आयोगका पहिला अध्यक्ष खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको हो । साथै आयोगको केन्द्रीय कार्यालयमा स्व खत्रीको तस्बीरसहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र उहाँको निधन भएको १३औँ दिनका दिन आयोगका सबै कार्यालयमा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रेस काउसिन्सल नेपालले पनि पूर्व अध्यक्ष नयनबहादुर खत्रीको आज विहान भएको निधनको खवरले काउसिन्सल स्तब्ध भएको जनाएको छ । काउसिन्सलका सूचना अधिकारी दिपक खनालले आज जारी गर्नु भएको शोक विज्ञप्तिमा ९६ वर्षको उमेरमा उपचारको क्रममा भएको उहाँको निधनप्रति दु:ख व्यक्त गर्दै मृत आत्माप्रति श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गरेको छ ।

पूर्वप्रधानन्यायाधीशस्व खत्रीको अन्त्येष्टि उहाँका छोरा अमेरिकाबाट आउँदै गरेकाले शनिबार अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930