शुक्रबार, बैशाख ७, २०८१

नगर कार्यपालिकाको ३२ औं बैठक सम्पन्न, यस्तो छ निर्णय

काठमाडौं बैशाख २६, काठमाडौं महानगर पालिकाको ३२ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगर प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले मुलत ब्रुमर खरिद प्रक्रिया अगाडि बढाउने, सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका काम प्रमुख शाक्यले हेर्नेलगायत निर्णय संगै फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने, मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय संगै अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न सहमति दिएको छ ।

त्यस्तै बैठकमा सअघि नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको दुई छुट्टाछुट्टै सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि गठित अधिकार सम्पन्न समितिको तर्फ संयोजक तथा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले अहिलेसम्म सम्पन्न गरेका कामको प्रतिबेदन र सार्वजनिक शौचालय मापदण्डको मस्यौदा प्रमुख शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930