बिहिबार, बैशाख १३, २०८१

टिस्टुङ बज्रबाराही १२ वर्षे देवगण नाच शुरु

  • शब्द/ चित्र- शरण डंगोल 

काठमाडौ बैशाख २८, प्रत्येक १२ वर्षको अन्तरालमा मनाइने टिस्टुङ बज्रबाराही देवगण नाच । नाचमा श्री गणेश, श्री कुमारी, श्री बाराही, श्री इन्द्रायणी, श्री भैरब, श्री महादेव, श्री पार्वती, श्री ब्रम्हा, श्री बेताल, श्री कवं, श्री ख्याक आदि देवगण रहेका छन् भने महाराज सत्तलसिंहको दन्त्य कथाको नाचमा स्थानीयहरुको सहभागिता रहेने गर्दछ । नाचको पहिलो भागमा देवगण नाच तथा दोश्रो भागमा सत्तलसिंह महाराजको दन्त्य कथामा आधारित नाच प्रस्तुत गर्ने गरिन्छ ।