शुक्रबार, चैत्र १६, २०८०

ज्ञानोदयमा अग्नी नियन्त्रण तालिम

काठमाडौं बैशाख २८ , आगलागिबाट हुने क्षती र यसको न्यूनिकरणको लागि अपनाइनुपर्ने सचेतना अभिवृद्धि गर्ने लक्ष्य सहित ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान) र द फिलान्थ्रोष्टि गु्रपको संयुक्त आयोजनामा आज “अग्नि नियन्त्रण तथा विपद् उद्धार स्वयंसेवक तालिम”को आयोजना गरेको छ ।
द फिलान्थ्रोष्टि ग्रुपका अध्यक्ष विख्यात खत्रीको स्वागत अभिव्यक्तिबाट शुभारम्भ भएको तालिम कार्यक्रममा डेविट नेटवर्क नेपालका प्रतिनिधि विप्लव सुवेदीले तालिमको आवश्यकता औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

काठमाडौं महानगर अन्तर्गत विपद व्यवस्थपन विभागका प्रशिक्षक किशोर कुमार भट्टराईले प्रशिक्षणमा सञ्चालित कार्यक्रममा विद्यालयका शिक्षक, विद्याथी, पूर्व विद्यार्थी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य , का.म.पा.का सदस्य रामबाबु कोइराला, महिला उपभोक्ता समितिकी अध्यक्ष गंगा श्रेष्ठ लगायत स्थानियको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रमलाई सहयोग गर्नुहुने उज्यालो नेपाल, जावलाखेल गु्रप, फष्ट एड नेपाल, टाकुरा साकोस, डेविट नेटवर्क नेपाल, विपद व्यवस्थापन विभाग (का.म.पा) का प्रशिक्षक किशोर कुमार भट्टराई, विद्यालय परिवार र साधुराम गौतमलगायतलाइ धन्यवाद ज्ञापन गर्नुको अलावा सहयोगी संस्थाहरुलाई मायाको चिना र प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको प्रस्तुत कार्यक्रम ज्ञानका अध्यक्ष रुपचन्द्र पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।