शुक्रबार, चैत्र १६, २०८०

जेठ १७ देखि मण्डला थिएटरमा नाटक ‘क्लेशा मञ्चन हुँदै

काठमाडौं जेठ १४,  जेठ १७ गतेबाट मण्डला थिएटर, नाटक ‘क्लेशाः’ मञ्चनको तयारीमा तिव्रता दिइएको छ । करमन थिएटरको प्रस्तुती रहेको यस नाटकलाई विजया कार्कीले निर्देशन गर्नु भएको छ ।  क्लेशा नामक नाटकको मुख्य स्रोत रामायण हो । क्लेशाले ऋषि वाल्मिकीको आलौकिक कहानीलाइ विशुद्द समसामयिक रुपमा नाटकीय प्रस्तुति गर्ने चेष्टा गरेको छ ।

हिन्दु शास्त्र अनुसारका क्लेशु का पाँच तत्व ( अज्ञानता, अहंकार, मोह, विच्छेद र डर) यो नाटकको दार्शनिक पृष्ठभुमिमा रहने छन् । नेपालको एउटा दुर्गम गाँउमा पंचायती व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रलाई पुनार्परिभाषित गरिएको छ ।

क्लेशा स्कूल, कलेज र विश्वविध्यालयका विद्यार्थी शिक्षक, रंगकर्मी, कलाकार, संस्कृतिकर्मी, लेखक, पत्रकार, राजनैतिक लगायत सम्पूर्ण रंगमंचका दर्शकको लागि बनाइएको निर्देशक कार्कीले बताए । नाटकमा अमृत काउचा, जीवननाथ पौडेल, सविन भट्टराई, कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वपनिल घिमिरे, रूजु शर्मा, प्रतिक मरहठ्ठा, राज खड्का, सबिना थापा, सुदिप खतिवडा लगायतको अभिनय रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।