शुक्रबार, बैशाख १४, २०८१

गृह मन्त्रालयको नागरिकता वितरणको सर्कुलर रोक्न सर्वोच्चको अर्को आदेश

काठमाडौ वैशाख २४ , सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने सवालमा गृह मन्त्रालयको सर्कुलर रोक्न सर्वोच्च अदालतले फेरि अर्को आदेश जारी गरेको छ ।

अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि पनि अन्तरिम आदेश दिएर रोक लगाएकोमा सर्वोच्चले पछि आदेशको निरन्तरता आवश्यक नभएको जनाउ दिदै आदेश फुकुवा गरेसंगै जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता पेस गरेमा उनीहरुलाई वंशजको नागरिकता दिन ७७ ओटै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिडनै लागेको थियो ।

तर, मंगलबार फेरि न्यायाधीशद्वय ईश्वर खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिको आदेशलाई रोक्दै गृहको परिपत्रको सवालमा सर्वोच्चको पूर्ण इजलासबाट निरुपण गर्ने भन्दै अर्को आदेश नभएसम्मका लागि भन्दै सर्कुलर कार्यान्वयन नगर्न आदेश जारी गर्दै गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।