बिहिबार, चैत्र १५, २०८०

गृहमन्त्री थापालाइ सासंदहरुको प्रश्न- विष्फोटमा परी मारिनेहरु नेपाली नागरिक नभए को र कहाँका हुन ?

 काठमाडौ जेठ १३, प्रतिनिधिसभाको आज बसेकको बैठकमा गृहमन्त्री रामबहादुर थापाले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटको सवालमा दिनु भएको सार्वजनिक महत्वको अभिव्यक्ति आफैमा विवादास्पद भएको छ ।

सार्वजनिक महत्वको अभिव्यक्ति दिने क्रममा गेहमन्त्री थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउँदै आइतबार अपरान्ह राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभएको बताउनु भएको थियो ।

गृहमन्त्री थापाको अभिव्यक्तिसंगै सांसद पुष्पा भुसालले सरकार र नेकपा विप्लव समूहले हठ नत्याग्ने हो भने कसरी शान्ति सुरक्षा हुन्छ भन्ने प्रश्न सहित मृतक नागरिक होइनन् भने को हुन् भन्ने प्रष्ट पार्न माग गर्नु भएको थियो ।

त्यस्तै सांसद देवेन्द्रराज कँडेलले १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा सरकारले गरेको काम उचित थियो भन्ने वर्तमान सरकारले प्रमाणित गरेको बताउँदै राजनीतिक माग राखेर विभिन्न घटनामा परी मर्ने नागरिक हुने र आज नहुने नागरिकको विषयमा कस्तो परिभाषा हो प्रष्ट पार्न आवश्यक रहेको बताउँनु भएको थियो ।

सांसद खगराज अधिकारी , सांसद महेश बस्नेत प्रेम सुवाल , राजेन्द्रकुमार केसी, लक्ष्मी परियार, अमरेशकुमार सिंह, सांसद डा मीनेन्द्र रिजाल लगायत प्रतिपक्षीदलका सासंद मात्र नभइ सत्तारुढ दलका सासंद समेतले गृहमन्त्रीले नागरिकको सवालमा दिनु भएको अभिव्यक्ति आफैमा संशय पूर्ण रहनुको अलावा शान्ति सुरक्षाको अवस्था नाजुक रहेकाले प्रत्याभूत हुने गरी व्यवस्था मिलाउ सरकार असफल रहेको बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।