बिहिबार, चैत्र १५, २०८०

गणतन्त्र स्थापनाको १२ औं वर्ष : गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने प्रम ओलीको जिकिर

काठमाडौ ज्येष्ठ १५,  २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र बुधबारदेखि ११ वर्ष पूरा भएर १२औं वर्षमा प्रवेश  गरेको  अवसरमा  आज    विविध कार्यक्रम सहित गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।  गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार हिजो,आज र भोलि राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय यस अघिनै गरिसकेका छन ।

यसै क्रममा आज बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति ,उपराष्ट्रपति एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी ओली लागयतका विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलगायतको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।  कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं महानगरपालिकालगायतका निकायले विभिन्न कला–कौशल, झाँकी प्रस्तुत् गरेका थिए ।नेपाली सेनाको एक टोलीले आतिसबाजीसमेत गरेको थियो ।

कार्यक्रमलाइ   सम्बोधन गर्ने क्रममा   प्रम ओलीले   गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउँदै  जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिकहुन नसक्ने  बताउँनु भएको  छ ।   साथै उहाँले     गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताए । समाजलाई समृद्ध बनाउनका लागि  सुशासन र विकासलाई प्राथमिकतामा राखनुपर्ने  बताउँनु भएको छ ।  साथै उहाँले  समृद्ध नेपाल–सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार मुलुकमा छ । सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा जननिर्वाचित सरकारहरु कृयाशील छन् । सबै सरकारलाई एउटै लय र तालमा उक्त गन्तब्यतर्फ अग्रसर गराउनु हाम्रो दायित्व  भएको   धारणा अभिव्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।