शुक्रबार, चैत्र १६, २०८०

कार्यकारी निर्देशक घिसिङले भने- भ्रष्टाचार प्रमाणित भए कारवाही भोग्न तयार छु

सासद मोदीको आरोपको प्रतिवाद  

बाँकी बक्यौता उठाउने क्रममा कोही कसैलाइ पनि छुटको कुनै गुन्जायस छैन  : प्राधिकरण

काठमाडौ जेठ ७, संघीय संसद अन्र्तगतको सार्वजनिक लेखा समतिको आजको बैठकमा सांसद अमनलाल मोदीले विद्युत्भार कटौतीको अन्त्य गरेको नाममा प्राधिकरणमा चरम आर्थिक अनियमितताले प्रशय पाएको आरोप लगाएसंगै सांसद मोदीको उक्त भनाइको प्रतिवाद गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कार्यकारी निर्देशक भएर आएपछि कुनै आर्थिक अनियमितता नभएको दावी गर्दै अनियमितता भएको प्रमाणित भए म कारवाही भोग्न तयार रहेको बताउँनु भएको छ ।

त्यस्तै सासंद मोदी र कार्यकारी निर्देशक घिसिङवीचको चर्काचर्की बहसपछि बैठकमा वोल्ने क्रममा सांसद राजन केसी, शरत्सिंह भण्डारलगायतले गलत भएको भए छानबिन गर्नुपर्ने तर व्यक्तिको मान मर्दन गर्न नहुने बताउनुभएको थियो ।

त्यस्तै बैठकमा े प्राधिकरणले ठूलो परिमाणको विद्युत् बक्यौता उठाउन बाँकी रहेको र त्यसमा प्राधिकरणले चासो नदिएको भन्दै ट्रान्सपरेन्सी अभियान नेपालको तर्फबाट सार्वजनिक लेखा समितिमा दर्ता भएको उजुरीको सुनवाइ गर्ने क्रममा कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्र«ङक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट असुल गर्न बाँकी रहेको बक्यौता उठाउन प्राधिकरण लागि परेको बताउँदै ठूला बक्यौता महसुल उठाउन प्राधिकरण इमान्दर भएर लागिपरेको र कोही कसैलाई छुट नदिने बताउँनु भएको छ ।

वक्यौता उठाउने क्रममा उद्योगी–व्यवसायीले महसुलका सम्बन्धमा विमति प्रकट गर्दै अदालत गएका कारण प्राधिकरणलाई बक्यौता उठाउन समस्या भएको जानकारी दिदै प्राधिकरण सञ्चालक समितिले भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति बनाएको र सोही समितिले दिने प्रतिवेदनका आधारमा विद्युत् नियमन आयोगमार्फत महसुलका बारेमा अन्तिम निर्णय हुने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।