शुक्रबार, बैशाख ७, २०८१

काठमाडौंका ए, बि र सी डिभिजनका फुटबल क्लबलाई महानगरको सहयोग

काठमाडौं बैशाख २३ , खेलकुदको माध्यमबाट राष्ट्रिय गरिमाको श्रीवद्धिमा योगदान पु- याएको भन्दै काठमाडौं महानगरले काठमाडौं महानगरभित्रका ६ वटा ए डिभिजन क्लवलाइ प्रति क्लव दुइलाख रुपैया र ५ वटा बि डिभिजन फुटबल क्लवलाइ प्रति क्लव ३ लाख रुपैया र ७ वटा सि डिभिजन क्लवलाइ प्रतिक्लव २ लाख सहित सम्मानपत्रबाट सम्मानीत गरेको छ ।

आज राजधानीमा आयोजित कार्यक्रममा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले क्रमस मनाङ्ग मस्याङ्गदी, शंकटा क्लब , हिमालयन शेर्पा, सरस्वती युवा, मछिन्द्र युथ र काठमाडौं खेल मण्डल त्यस्तै गरि बि डिभिजन फुटबल क्लबअन्र्तगत ब्वाइज यूनियन, अन्नपूर्ण टुसाल युवा, बाँसबारी र श्री कुमारी गरी ५ वटा बि डिभिजन फुटबल क्लवलाइ  सम्मानीत गरेको हो ।

त्यस्तैगरि कार्यक्रममा ७ वटा सि डिभिजन फुटबल क्लवमा सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब रहेका छन ।

साथै कार्यक्रमलाइ महानगरका प्रमुख शाक्यले खेल मार्फत समृद्ध महानगरको कल्पनालाइ सार्थक बनाउँन महानगरले खेलकुद क्षेत्रमा लगानी गरेको बताउँनु भएको छ ।  त्यस्तैगरि कार्यक्रममा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — लैङ्गिकमैत्री खेलको बिकासमा जोड दिदै महिलालाई पनि खेलमा उत्साहित गर्नुपने बताए ।
त्यस्तै कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले , अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ् शेर्पा  महानगरको सामाजिक बिकास बिभागका प्रमुख सनतकुमार थापा लगायतले  खेलमार्फत राष्ट्रिय गौरव बढाउन खेलाडीको जागरुकता महत्वपूर्ण रहने बताउँदै खेलाडीको हौसलाका लागि सहयोग आफैमा प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भएको थियो ।

महानगरले यसअघिपनि काठमाडौं जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लवको विकासका लागि जनही ९ लाख ३० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930