शुक्रबार, बैशाख ७, २०८१

कांग्रेसको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रम ओलीको अभिव्यक्तिका कारण ससद बैडकमा प्रधानमन्त्री र प्रतिपक्षी सांसदहरुबीच जुहारी

काठमाडौ वैशाख २४,  प्रतिनिधीसभाको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको समयमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भुलचुकमा नभई जानीबुझिकन भनेको जिकिर सहित विपक्षीहरुले उठाएका प्रश्न र जिज्ञासालाई ‘आक्रोश, कुन्ठा र निम्छरो’ भनेपछि ससद बैडकमा केहीबेर प्रधानमन्त्री ओली र प्रतिपक्षी सांसदहरुबीच जुहारी चलेको थियो ।

प्रम ओलीको अभिव्यक्ति प्रति गम्भीर आपत्ती प्रकट गर्दै काँग्रेस सासंद मीन विश्वकर्माले विमति जनाएसंगै कांग्रेसका बाँकी सासंदले पनि आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए ।

यद्यपी यसअघि कांग्रेसका तर्फबाट नीति तथा कार्यक्रममा हालिएको संशोधन फिर्ता लिन सभामुख महराले कांग्रेस सांसद डा। मिनेन्द्र रिजाललाई समय दिदै गर्दा सासंद रिजालले प्रधानमन्त्रीको शैलीप्रति कडा आपत्ति प्रकट गर्दै संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराएसंगै संशोधन बहुमतले अस्वीकृत गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930