मङ्लबार, बैशाख ११, २०८१

कम दरभाउको बोलपत्रबाट औषधि र स्वास्थ्यका उपकरण खरीद गर्ने प्रवृति समस्या : उपप्रम यादव

काठमाडौं बैशाख ३१  ,  नेपाल सरकारका उपप्रम एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या आएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले खरीद प्रक्रियामा रहेको समस्यालाइ सहज प्रत्रिया अर्थात बोलपत्र प्रक्रियामा नगएकन सहज तर एवकु प्रभावकारी प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताउँदै औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरीद गर्ने प्रवृतिका कारण जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित बन्दै आएको र प्रस्तुत समस्या जनमैत्री नभएके उहाँको जिकिर रहेको थियो ।

साथै उहाँले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि बजेट वृद्धि गर्न आवश्यक रहेकामा जोड दिँदै स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ नीति ल्याउने मन्त्रालउको अन्तिम तयारी भइरहेको जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा उल्लेख भएअनुसार समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिका संयोजक खगराज अधिकारीले औषधि, उपकरण, जनशक्ति एवं पूर्वाधार निर्माण गरी सबै पालिकाका अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, केन्द्रीय अस्पतालका औषधि बिक्री वितरण, अन्तरङ्ग, आकस्मिक कक्ष, बिरामी भर्ना श्ययालगायतका क्षेत्रमा थप सुधार गर्नुपर्ने, प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि केन्द्र, सङ्घ र स्थानीय निकायबीचमा थप समन्वय हुनुपर्ने सुझाव एवम् एम्बुलेन्स र शववाहन सेवालाई व्यवस्थित बनाउनुपर्ने, अस्पतालजन्य फोहरमैला निष्कासन, व्यवस्थापनमा ध्यान दिनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई अनिवार्य दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने प्रावधानलाई अनुगमन गर्नुपर्ने, सरकारी सबै अस्पतालका सम्पत्ति संरक्षणमा ध्यान दिनुपर्नेलगायतका सुझाव सहितको प्रतिवेदन हस्तान्तरण गर्नु भएको छ ।

प्रस्तुत प्रतिवेदन २०७५ मङ्सिर २ गते गठित सो उपसमितिमा समितिका सदस्य उमाकान्त चौधरी, गगनकुमार थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसी, नमिताकुमारी चौधरी र हितबहादुर तामाङ सदस्यका रुपमा रहनुभएको समितिले तयार पारेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।