बुधबार, बैशाख १२, २०८१

उपत्यकामा बन्दको आंशिक असर

काठमाडौ जेठ १३,  नेत्रवित्रम चन्द ‘विप्लव’ समूहले आव्हान गरेको नेपाल बन्दको उपत्यका आंशिक प्रभाव देखिएको छ । राजधानीको दुइ अलगअलग स्थानमा आइतबार अपरान्ह भएको विस्फोटका कारण जनजीवनमा भय सिर्जना भएपनि बन्दको दिन त्यसको कुनै असर नदेखिएको सहजै बोध गर्न सकिन्छ ।

यद्यपी बन्द आव्हानका कारण उपत्यका अधिकांस विधालय बन्द रहेको थियो भने सार्वजनिक सवारीको सख्यामा केहि कमी देखिएपनि निजी गाडी भने निर्वाधरुपमा सञ्चालनमा रहेको थियो ।

यो समाचार तयार पार्दै गर्दाको समयसम्ममा उपत्यका बाहिर भने केही बन्दको प्रभाव अरु बन्दको तुलनामा निकै रहेको बताईएको छ । बन्द आव्हानका कारण उपत्यका भित्रिने र बाहिरिने गाडीसमेत सञ्चालन नहुनुको रामेछाप, हेटौँडा, सुर्खेत, नवलपुरलगायत क्षेत्रमा केही गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।