शनिबार, बैशाख ८, २०८१

आचारसंहिता उल्लङ्घन गर्ने अनलाइनको सूचीकरण रद्द हुने

काठमाडौ बैशाख २७,  प्रेस काउन्सिल नेपाल आचारसंहिता अनुगमन उपसमितिले पत्रकार आचारसंहिता पालना गर्न अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्द गर्ने भएको छ ।

काउन्सिलको गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घन गर्नेलाई पटकपटक जानकारी गराउँदा गराउँदै पनि त्यसतर्फ ध्यान नदिई पटकपटक गल्ती गरिरहेको पाइएमा सूचीकरण रद्द गर्ने निर्णय भएको जनाएको छ । त्यस्तै काउन्सिलमा सूचीकरण भएका तर दर्ता नभएका अनलाइनलाई १५ दिनभित्र सूचना तथा प्रसारण विभागमा दर्ता गरी काउन्सिललाई जानकारी नदिने अनलाइनलाइ समेत सूचीकरणबाट हटाउन काउन्सिलले पहलकदमी थालेको छ ।

यस्तै सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने, उत्तेजना र त्रास फैलाउने सामग्री सम्प्रेषण गर्ने अनलाइन सञ्चारमाध्यम काउन्सिलमा सूचीकरण भएकाको हकमा सूचीकरणबाट किन नहटाउने ? भनी तीन दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय सहित कहिले अप्रिलफूलको नाममा त कहिले अश्लील प्रकृतिका सामग्री सम्प्रेषण गर्दै ा समाजमा अफवाह र आतङ्क र उत्तेजना फैलाउने खालका सामग्री सम्प्रेषण हुने गरेको देखिएकाले त्यस्ता सञ्चारमाध्यमलाई अब उप्रान्त यस्ता सामग्री सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्ने र पुनः यस किसिमका सामग्री सम्प्रेषण भएको पाइएमा प्रचलित नियम/कानून एवं आचारसंहिताबमोजिम कारवाही अगाडि बढाउने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।