बिहिबार, बैशाख ६, २०८१

अन्तत, डा भट्टराई र यादव नेतृत्वको दुइ पार्टी वीच एकाकार समाजवादी पार्टी अस्तित्वमा

काठमाडौ बैशाख २२, अन्तत पूर्वप्रम डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा भएको दुई पार्टीको छलफलमा नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, राख्ने सहमति सहित वैशाख सोमवार र एकता घोषणा गर्ने सहमति भएको डा। भट्टराई र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जारी विज्ञप्तिमा ‘समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने’ उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।