आइतवार, कार्तिक ३, २०७६
खेलकुद ताजा

स्थापना दिवसको अवसरमा प्रथम खड्गी कप फुटसल प्रतियोगिता

काठमाडौं बैशाख १८,  सामाजिक संरक्षणका साथै जातिय भेदभाव विरुद्ध स्थापना भएको नेपाल खड्गी सेवा समितिको ४६ औ स्थापना दिवस एवम ११औ नायः दिवसको अवसरमा नेपाल खड्गी सेवा समितिको (खड्गी समाज) आयोजनामा प्रथम खड्गी कप फुटसल प्रतियोगिता २०७६ को आयोजना गरिएको छ ।  खुसिं बुँस्थित रिभर फिल्ड फुटसल मैदानमा  

आजबाट विधिवत शुरु भएको प्रतियोगिता कीर्तिपुर, बुङमती, भक्तपुर, धनुषा र काठमाडौंबाट २ टिम वडा नं. १७ र १९ शाखाहरुको सहभागिता रहेको जानकारी दिदै प्रतियोगिताको पहिलो दिन लिगगेम हुने र बैशाख २० गते नकआउट र फाइनल खेल खेलाइने बताएको छ ।

त्यस्तै समाजले विगतका वर्षहरुमा पाँहुना पर्व अर्थात पाहाँचह्रेको दिन मनाउँदै आएको नायः दिवस यसवर्ष विविध कारणले सम्पन्न हुन नसकेको जनाउँदै आगामी बैशाख २७ गते स्थापना दिवसको ४६ औं वर्षगाठ तथा ११ औं नायः दिवस विविध कार्यक्रम सहित मनाइने बताएको छ । साथै फुटसलका विजेता टिमलाइ समेत त्यसै अवसमा पुरस्कृत गरिने तयारी रहेको जानकारी दिदै प्रतियोगितामा प्रथम र दोश्रो हुनेलाई क्रमशः नगद रु. ५० हजार र २५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधामा पनि नगद पुरस्कार प्रदान गरिने जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू