काठमाडौं जेठ १४, नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकका बारे आज विभिन्न दलबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गरेको छ । कार्यक्रममा राष्ट्रियसभाका सांसद तथा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले मिडिया काउन्सिल विधेयकमा चासो बढेकाले प्रतिपक्ष पार्टीका सांसद, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलगायत सरोकारवालासंग छलफल गरी सहमतिका आधारमा अघि बढाउने गरी हाललाई उक्त विधेयक रोकिएको बताउनुभयो । उहाँले लोकतन्त्रको विश्वव्यापी मुल्य मान्यता तथा संविधानको मर्म विपरित कुनै पनि ऐन, कानुन र विधेयक राष्ट्रियसभाबाट अगाडि नबढाउने बताउनुभयो ।
प्रतिनिधिसभा सांसद् तथा नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले विचलन ल्याएको बताउनु भएको छ । राज्यले पत्रकारलाई कलम चलाएवापत दण्ड गर्ने नियतबाट उक्त विधेयक ल्याएको भन्दै उहाँले जनताको आवजलाई रोक्ने विधेयकलाई सरकारले फिर्ता गर्नुपर्ने र लोकतान्त्रिक पद्धति रहेको देशमा त्यसका मुल्य मान्यतालाई पालना गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिनिधिसभाका सांसद् तथा राष्ट्रिय जनता पार्टिका नेता लक्ष्मणलाल कर्णले पत्रकारको अधिकार खोस्नु भनेको लोकतन्त्रको अधिकार खोसिनु सरह रहेको बताउनुभयो । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतलाई स्वीकार गरिसकेपछि कुनै पनि कानुन त्यसको विपरित आउनु नहुने भन्दै उहाँले मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधान प्रेस स्वन्त्रता विरोधी रहेको भन्दै त्यसलाई सच्याउनुको विकल्प नरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रस्तावित मिडिया काउन्सिल विधेयक अन्तर्राष्ट्रिय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुल्य मान्यता विपरिता रहेको भन्दै त्यसलाई फिर्ता गर्नुपर्छ भन्ने महासंघको स्पष्ट धारणा रहेको बताउनुभयो । महासंघ कानुन नै बनाउनु हुँदैन भन्ने पक्षमा नरहेको भन्दै उहाँले यदि उक्त विधेयकलाई संशोधन गर्ने हो भने महासंघले दिएको सुझावका आधारमा संशोधन गरिनुपर्ने बताउनुभयो । महासंघका केन्द्रीय सदस्य यम विरहीले नेपाल मिडिया काउन्सिल विधेयकको प्रस्तावनादेखि हरेक दफामा परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभयो ।
कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले जुनसुकै सरकारका पालामा पत्रकार तथा प्रेसले आन्दोलन गर्नुपरेको भन्दै सरकारले ल्याएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने धारणा राख्नुभयो । प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति मिडिया काउन्सिल विधेयकको बिरोध गरेको भन्दै उक्त विधेयकलाई फिर्ता गर्न पहल गरिदिन आग्रह गर्नुभयो । क्रियाशील पत्रकार संघका अध्यक्ष अम्बिका राजथलाले मिडिया काउन्सिल विधेयकको अध्ययन गर्दा लैङ्गिकमैत्री नदेखिएको भन्दै संविधानको परिकल्पना, मर्म र भावना अनुसार त्यसलाई समावेशी गर्नुपर्ने बताउनुभयो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- महानगरको वडा नम्बर २७ मा कांग्रेसका उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित
- नार्गाजुन नगर प्रमुखमा दोस्रो कार्यकालका लागि बस्नेत निर्वाचित
- महानगर वडा न ८ मा कांग्रेसका उम्मेदवार आसामान नेतृत्वको प्यानल निर्वाचित
- महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन प्रतिस्प्रर्धी भन्दा दोब्बर मत सहित अगाडि
- ७ सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो स्थानमा
- विराटनगर महानगरपालिकाको प्रमुखमा काग्रेसका उम्मेदवार कोइराला विजयी
- महानगर को वडा न ६ मा कांग्रेसका उम्मेदवार लामा नेतृत्वको प्यानल निर्वाचित
- यौन हिंश्रकलाई कारबाही गर्न पिडित किशोरीको समथर्नमा शुक्रबार राजधानीमा वृहत प्रदर्शन
- महानगर २९ मा कांग्रेसका उम्मेदवार ढकाल नेतृत्वको प्यानलै निर्वाचित
- यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सहित आठ अध्यादेश स्वीकृत
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान