शनिबार, माघ १५, २०७८

टिन प्रिन्सेज डिभा २०१९को उपाधी गृष्मालाइ

काठमाडौं जेठ १२ , टिन प्रिन्सेज डिभा २०१९को उपाधी गृष्मा शर्माले जितकी छीन । जितेकि छन् । शुक्रवार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधीको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत जितिन् । विजेता शर्मालाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीकि कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुले ताज पहि-याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले ट्रफि प्रदान गर्नुभयो । उपाधी विजेता शर्मालाई उपाधीको साथमा नगद रु. २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो ।

त्यसैगरी टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाह परिन् भने अग्रिमा पोखरेल तेश्रो स्थानमा परिन् । प्रतियोगीलाई दुइ समूहमा विभाजन गरेर भएको प्रतियोगीताको प्रि टिन समूहतर्फ भने बेलिस्मा कटवालले उपाधी जितिन् । कटवालले पनि उपाधीको ताजको साथमा ट्रफि र नगद पुरस्कार रु. २० हजार राशि हात पारिन् ।  कटवालले उपाधीको साथसाथै बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेसको सब टाइटल समेत जितेकि थिइन् । प्रि टिन समूहमा विभुति अधिकारी र रिद्धिमा नेपाल क्रमशः दोश्रो र तेश्रो स्थानमा परिन् ।

२२ टिन प्रतियोगितको सहभागीता प्रस्तुत प्रतियोगीतामा मोस्ट कन्फिडेन्ट, मोस्ट अट्राक्टिभ, भ्यूअर्स च्वाइस अवार्ड, बेस्ट डान्सर, मोस्ट डिसिप्लिन, फोटोजेनिक, मोस्ट डाइनामिक लगायत विभिन्न सब टाइटलबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगीताको निर्णायक मण्डलमा नवनारी मासिककि सह सम्पादक नीलिमा मास्के श्रेष्ठ, संचारकर्मी सरिता ज्ञवाली, डाफोडिल स्कूलकी प्रमुख मीना कार्की, पत्रकार विराजकाजी राजोपाध्याय र गायक सोहन मानन्धर रहेका थिए । कार्यक्रममा प्रतियोगीहरुको कोरीयोग्राफी अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा वैदार फैजुको रहेको थियो । कार्यक्रमको आयोजना रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930