शनिबार, माघ १५, २०७८

गीतकार लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक

ललितपुरं जेठ १२ , गीतकार अग्निप्रसाद केदेम लिम्बुको गीति एल्बम ‘सिटिजन यूके’ सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम ‘सिटिजन यूके’लाई सार्वजनिक गरिएको हो ।

रेडियो बिएफबीएसमा लाइभ कार्यक्रबीच प्रमुख अतिथि डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दिपक लिम्बु, गीतकार अग्निप्रसाद केदेम लिम्बु, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरेका हुन् ।  अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दिपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत रहेको छ ।  एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ । किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ ।

तुलसी बस्नेतले सहजीकरण गरेको विमोचन कार्यक्रममा अतिथिहरुले एल्बममा रहेका गीत राम्रा रहेको बताउँदै गीतकार अग्निप्रसादलाई तथा एल्बममा जोडिएका सबैलाई बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा रमेश थापालगायत एल्बममा जोडिएका सबैलाई प्रमुख अतिथि डा. कृष्णहरि बरालले मायाँको चिनो प्रदान गरेका थिए ।  कार्यक्रममा गायक अग्निप्रसादको परिवार, सञ्चारकर्मी र अन्य व्यक्तित्वको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930