शुक्रबार, अशोज ८, २०७८

कामना फिल्म अवार्डस् २०७६ का लागि आवेदन आव्हान खुला

काठमाडौं बैशाख २९ , नेपाली सिने मासिक पत्रिका कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी लक्स कामना फिल्म अवार्ड्स २०७६ आवेदन खुल्ला गरेको छ ।
कामना सिने मासिक प्रकाशनमा ल्याउने यस अवार्डस्को आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्कर श्रेष्ठको दुखद् निधनका बिच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको हो।
निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनु भएका उहाँप्रति सच्चा श्रद्वाञ्जलि हुने विश्वास पब्लिकेसन्स्ले लिएको छ।
कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै पांचौ संस्करणको कामना फिल्म अवार्डस् २०७६ का लागि आवेदन खुला गरेको जनाएको छ। सिजी लक्स कामना फिल्म अवार्डस् २०७६ मा २०७५ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली चलचित्रले सहभागीता जनाउन सक्नेछन्। आवेदन निःशुल्करुपमा भर्न पाइने ब्यबस्था गरिएको जनाएको छ।  यसका लागि कामनाको कार्यालयमा सम्पर्क राखी निःशुल्क आवेदन लिई वा धधध।लभधकयालभउब।िअयm को लिंक मा गएर विवरण भरी  kamanaawards@gmail.com मा आवेदन पठाउन सकिने व्यबस्था गरिएको छ।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सिजी लक्स कामना फिल्म अवार्डस्मा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ। सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महोउत्सवका रुपमा हुँदै आएको अवार्ड समारोहमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ।

त्यसै गरी चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक/एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिँदै आएको छ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ। कामना फिल्म अवार्डस् मात्र यस्तो अवार्ड हो, जसमा एउटै विधामा १ जनाभन्दा बढी विजय भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको   जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930