बुधबार, बैशाख १२, २०८१

NCDAको १३ औं महाधिवेशन : संघको लागि भाइरस हो भन्ने बुझ्दा बुझ्दै पनि कम हानी गर्ने भाइरस रोज्नु पर्ने वाध्यता रहेको महाधिवेशन प्रतिनिधीको गुनासो

आफुविरुद्ध नियोजितरुपमा चुनाव लक्षित गर्दै फैलाएको हौवा  :   मृगेन्द्रमेहर श्रेष्ठ 

आर्थिक अराजकता समाप्तिका लागि आफ्नो उम्मेदवारी : लोकहरि श्रेष्ठ

काठमाडौं बैशाख ५ , औषधि व्यवसायीहरुको संगठन नेपाल औषधि व्यवसायी संघ  NCDA को १३ औं महाधिवेशनबाट बैशाख ६ र ७ गते पोखरामा हुने भएको छ । महाधिवेशनको पूर्व सन्ध्यामा पर्यटकिय नगरी पोखरामा औषधि व्यवसायीको बढ्दो जमघटसंगै संस्थामा विद्यमान संस्थागत भ्रष्टाचार र नेतृत्व हत्याउँन चुनावी मैदानमा देखिएका उम्मेदावारका विषयमा राजधानी देखि पोखरा सम्म एकै आवाजमा अनेकन टिकाटिप्पणी सहित अंकगणितीय जोड घटाउ शुरु भएको छ । आसन्न महाधिवेशनमा नयाँ नेतृत्वको  लागि वहालवाला अध्यक्ष औषधि आयातकर्ता समूहको प्रतिनिधत्वि गर्दै मृगेन्द्रमेहर श्रेष्ठ र थोक तर्फबाट वहालवाला उपाध्यक्ष लोकहरि श्रेष्ठ चुनावी मैदानमा ओर्लेका छन ।

संघका नेतृत्व हत्याउँन चुनावी मैदानमा देखिएका यी दुइ उम्मेदवार  आ(आफ्नै चुनावी एजेन्दा सहित मैदानमा  देखिए  पनि आज भन्दा ३ दशक अगाडी समग्र औषधि व्यवसायीको पेशागत सुरक्षाको लागि स्थापना गरिएको संघको लाहानमा सम्पन्न १२ औ महाधिवेशनबाट जिम्मेवार पदमा निर्वाचित हुँदै गर्दा व्यवसायीको हकहितका लाथि कुनै उल्लेख काम गर्नु भन्दा पनि उद्योगीको पक्षपोक्षण गर्नुका साथै संस्थागत भ्रष्टाचारमा लिप्त भएको गुनासो महाधिवेशन प्रतिनिधी सदस्यहरुको  रहेको छ ।

आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक औषधि व्यवसायीले भने अध्यक्षको जिम्मेवारी लिन्छु भन्दै अगाडी  सर्ने व्यक्तिले कम्तिमा संघको गरिमाको लागि भएपनि केहि भूमिका निर्वाह गर्नु पर्ने हो तर त्यसको कुनै भेउ आफुले पाउँन नसकेको बताउँदै निर्वाचन अघि मुलुकका नेताले जस्तै यो गर्छु त्यो गर्छु भन्दै खोक्रा आश्वासन दिने निर्वाचित भइसकेपछि आ आफ्नो समूहको पक्षपोषण गर्नु सिवाय कुनै उपलब्धी मुकल कार्य सम्पादनमा ध्याननै नदिने गुनासो गरेका छन ।  पछिल्लो समय त संस्थामा यो वा त्यो नाममा अर्थात औषधि आयातकर्ता परिवर्तन गर्ने नाममा आवश्यक नो अब्जेक्सन लेटर (NOC) को प्रवाह गर्ने नाममा संस्थाको आडमा लाखौ रुपैया भ्रष्टाचार गर्ने मात्र नभएर औषधि व्यवसायीको आवरणमा अनेकन व्लायक एण्ड ह्वाइट काम गर्ने गरेको बताए ।

यसै विषयमा केन्द्रीत हुँदै हामीले अध्यक्षका प्रत्याशी रहेका दुवै वहालवाला अध्यक्ष,  उपाध्यक्ष समेत रहेका उम्मेदवारद्दयसंग प्रतिक्रिया लिने क्रममा मृगेन्द्रमेहर श्रेष्ठले भने-  यो आफुविरुद्ध नियोजितरुपमा चुनाव लक्षित गर्दै फैलाएको हौवा मात्र  भएको बताए ।त्यस्तै अर्को उम्मेदवार श्रेष्ठले भने संघमा विद्यमान यी यस्तै  आर्थिक अराजकता समाप्तिका लागि आफुनो उम्मेदवारी भएको बताउँदै आफुले यस विषयमा आवाज बुलन्द गर्ने जनाउ दिदै यस वीचमा के भयो के भएन अव निर्वाचनले छिनोफानो गर्ने बताए ।

वास्तवमा जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको औषधिको व्यवसायीक संस्थाको आडमा जिम्मेवार पदाधिकारीले सामाजीक उत्तरदायि भन्दा कमाउ धन्दामा लिप्त हुनु भनेका किमार्थ राम्रो पक्ष होइन ,तर संस्थामा पछिल्लो समय मौलाउँदै आएको कुनैपनि किसिमको आर्थिक अराजकताले व्यवसायीमात्र नभएर उपभोक्ता समेतलाइ प्रभावित तुल्याउँदछ । । त्यस अर्थमापनि संस्थाको नेतृत्वमा आउँने चाहना गर्दै गर्दा व्यक्तिको छवी निष्कलंक हुनु आफैमf सास्वत यर्थात हो । तर संस्थाको मूल्य मान्यता र विधानत व्यवस्था भएको दफागत व्यवस्था विपरित संस्थाको आडमा नेतृत्वले अनेकन चलखेल गर्छन भने त्यसको समयमानै सम्बोधन हुनुपर्छ अन्यथा आर्थिक अराजकताको भाइरसले सम्वद्ध सवैलाइ शिथिल बनाउँने प्राय निश्चित रहन्छ ।

यसैवीच औषधि जगतमा मौलाउँदै आएको अनेकन अराजकताको सेरोफेरोमा नियमक निकाय औषधि व्यवस्था विभाग सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार केहि समय अधि न्यून कोटीको औषधि उत्पादन गर्ने कम्पनीका नेपाल स्थित आयातकर्ताको लिष्टमा नाम उल्लेख भएको भन्दै बयानका लागि पत्र काठिसेकेका व्यवसायी र नाम मात्रको औषधि व्यवसायी समेत औषधि जगतको कल्याण गर्छु भन्दै चुनावी मैदामा देखिनु आफैमा संस्थामा उम्मेदवारको खडेरी परेको बताए ।

यसैप्रसंगमा औषधिको बजारमा उच्चतम व्यवसायी समेत रहेका  महाधिवेशन प्रतिनिधी सदस्यसंग हामीले जिज्ञासा राख्दा आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ति सदस्यले भने –  के गर्नु संघको निरन्तरताको लागि जुन जोगी आएपनि कानै चिरेको भने जस्तै अहिलेको निर्वाचन मार्फत नेतृत्व हत्याउँन हौसिएका उम्मेदवारको लिष्ट हेर्ने हो भने निर्वाचन मैदानमा देखिएका जिम्मेवार कतिपय   उम्मेदवार संघको लागि भाइरस हो भन्ने बुझ्दा बुझ्दै पनि कम हानी गर्ने भाइरस रोज्नु पर्ने आफुहरुको वाध्यता रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।