बिहिबार, बैशाख १३, २०८१

नव-वर्षको खुसीयाली साट्न पूर्वमन्त्री जोशीको चियापान

काठमाडौं बैशाख ३,  नव वर्ष ०७६को अवसरमा शुभकामना आदानप्रदानका लागि काठमाडौं काँग्रेस क्षेत्र न ८ मा काङ्ग्रेस केन्द्रीय सदस्य एमव् पूर्वमन्त्री नबिन्द्रराज जोशीले आज आफ्नै निवास पसिरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्नु भएको छ । एक अनौपचारिक कार्यक्रमकावीच काँग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित प्रस्तुत कार्यक्रममा काठमाडौं काँग्रेसका सभापति, महासमिति तथा महाधिवेशन प्रतिनिधी लगायत पार्टीका विभिन्न तह र तप्काका कार्यकर्ता र स्थानीय शुभ चिन्तक सदस्यहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रम अनैपचारिक भनिएपनि शुभकामना आदानप्रदानका लागि पुगेका अधिकांश नेता तथा कार्यकर्ताले नव वर्षका् अवसरमा प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्ति र सोमवार काँग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले दिएको प्रम ओलीको अभिव्यक्तिको प्रतिउत्तर केन्द्रीत गरमागरम बहस चलेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।