शनिबार, बैशाख ८, २०८१

भारतको आसन्न लोकसभा निर्वाचन

एक नजर राहुल गान्धीतर्फ

बसन्त शर्मा-

‘राहुल की सबसे बडी दिक्कत ए है मोदी के जमानेमे गान्धी होना, य किसी के लिए भि बहुत कठिन काम है । ’–ओपन म्यागजिनका सम्पादक एस.प्रसन्नराजन  

‘दिलकी वात पूछते हैं, मनकी बात नहीं थोपते ’ भन्दै सामाजिक सञ्जालमा सक्रिय छन् – राहुल गान्धी, प्रधानमन्त्री नरेन्द्र मोदीको रेडीयो कार्यक्रम ‘मन की वात’ लाई ब्यंग्य गर्दै ।  लोकसभा निर्वाचन २०१९ मा आफ्नो पार्टीको घोषणापत्र सहित भारतीय राष्ट्रिय काँग्रेसका सन् २०१४ को हारबाट फेरी सत्तामा फर्कर्ने प्रयास सहित चुनावी अभियानमा छ । लोकसभा चुनाव २०१९ अप्रील ११ देखी १९ मे सम्म ७ चरणमा ५४३ सिटकालागी निर्वाचण सम्पन्न गर्ने भारतको निर्वाचन आयोगले मिति तोकी सकेको अवस्थामा परिणामका लागी २३ मे लाई भारतीय मतदाताले पर्खिनु पर्ने छ ।

लोकसभा चुनाव २०१९ अप्रील ११ देखी १९ मे सम्म ७ चरणमा ५४३ सिटकालागी निर्वाचण सम्पन्न गर्ने भारतको निर्वाचन आयोगले मिति तोकी सकेको अवस्थामा परिणामका लागी २३ मे लाई भारतीय मतदाताहरुले पर्खिनु पर्नेछ ।

सन् १९४७ मा स्वतन्त्र भएको भारतमा लामो समय सत्तामा रहेको पार्टी इण्डियन नेशनल काँग्रेस, त्यसको विकल्प शक्तिका रुपमा  Integral Humanism लाई सिद्दान्तको आधार बनाएर सन् १९८० मा स्थापना भएको भारतीय जनता पार्टीबीच नै आगामी लोकसभा निर्वाचनमा प्रष्पिर्धा हुने देखिन्छ । उसो त उत्तर प्रदेशमा बहुजन समाज पार्टी र समाजवादी पार्टी लगायतका अन्य साना दलहरुको उपस्थिति पनि रहनेछ त्यसैगरी वेष्ट बगांलमा तिृणमुल काँग्रेस र सीपीआइएम उता महाराष्ट्रमा एनसीपी र शिव सेनाको उपस्थिति रहने छ नै । यता पञ्जावमा अकाली दल पनि संघर्षरत छ । नयाँ दिललीमा अन्ना हजारेको लोकपाल आन्दोलनको जगबाट उदाएका अरविन्द केजरीवाल नेतृत्वमा सन् २०१२मा स्थपना भएको आम आदमी पार्टीको उम्मेदवारीले पनि केही स्थान पाउने देखिन्छ । अहिले ठ्याक्कै त्यही अवस्था अर्थात लोकसभा २०१९मा प्रधानमन्त्री नरेन्द्र मोदी सँग राजनीतिक लडाँई लडिरहेका छन्, भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी । आफ्नो जीवनको ३४ औं वसन्त पुग्दा औपचारिक रुपमा राजनीति शुरुवात भएको थियो राहुलको । नेहरु–गान्धी परिवारका एक उत्तराधिकारीका रुपमा राहुलले पार्टीको नेतृत्व सम्हालिरहेका छन् ।

लोकसभा निर्वाचन २०१९लाई मध्य नजर गर्दै अहिले मिडीयामा निर्वाचण पूर्व मत सर्वेक्षण भइरहेका छन् । यसरी मत सर्वेक्षण गर्नेमा धेरैजसो टेलिभिजन च्यालन रहेका छन भने केही अन्य स्वतन्त्र संस्थापनि लागी परेका छन् । भारतमा निर्वाचण पूर्व (अक्टुवर २०१८देखी मार्च २०१९) बीच भएका विभिन्न मत सर्वेक्षणहरुलाई यदी आधार मान्ने हो भने इण्डियन नेशनल काँग्रेसको नेतृत्वमा रहेको (United Progressive Alliance)   युपीए को पक्षमा बढीमा १ सय ६७ सिट र कम्तिमा ६६ सिट त्यसैगरी भारतीय जनता पार्टीको नेतृत्वमा रहेको (National Democratic Alliance) एनडीएको भागमा बढीमा ३ सय ३६ र न्युनतम सिट संख्या २ सय २५ जाने देखिन्छ । बाँकी सिट महागठबन्धन लगाएत क्षेत्रीय दलहरु पनि त्यसका हकदार देखिन्छन । तर केही सर्वेक्षण हरुले हगं पार्लीयामेन्ट बनन जाने आंकलन समेत गरेका छन् । कतिपय सर्वेक्षणहरुले ४१ प्रतिशत एनडीए र २४ प्रतिशत युपीएको पक्षमा मतदान हुने आंकडा देखाएकाछन्भने केहीले त्यो भन्दा केही भिन्दै ६९ प्रतिशत एनडीए र २६ प्रतिशत युपीएको पक्षमा निर्वाचण परिणाम आउने समेत प्रषेपण गरेका तथ्याकं छन् । त्यसैगरी एनडीएको पक्षमा ४१ र युपीएको पक्षमा २४ प्रतिशत देखाउने सर्वेषक्षणहरु पनि देख्न सकिन्छ ।

यदी विभिन्न मीडिया र संघसंस्थाले गरेका ओपनियन पोललाई केही महत्वपूर्ण राज्यहरुको मत सर्वेक्षण अध्ययनमा यस्तो देखाउँछ :
उत्तर प्रदेशमा एनडीएलाई ४२ प्रतिशत मत युपीएलाई १२.७ प्रतिशत,एसपीको पक्षमा ४८.०४ प्रतिशत र वीएसपीलाई ४३ प्रशित मत जाने देखिन्छ । जहाँ ८० सिट लोकसभा छ । विहारको अवस्थालाई सर्वेक्षणहरुले एनडीएको पक्षमा ४५.१ र युपीएलाई ३७.५ प्रतिशत मत जाने अवस्था देखाउँछन् । आन्ध्रप्रदेशमा एनडीए तर्फ ७.२ र युपीएकालागी ९.८ प्रतिशत मत जाने सर्वेक्षणहरुले देखाएको अवस्था छ । अरुणचलमा ४५.३ प्रतिशत एनडीए र १७ प्रतिशत युपीए,असममा ४४.३ प्रतिशत एनडीए र ४४.६ प्रतिशत युपीए त्यसैगरी क्रमशः छत्तिसगढमा ४३.४ र ४१.१,गोवाका लागी ४३.७ र ३८.५, गुजरातमा ५४.१ र ३९.१ उता हरीयाणामा ४४.७ र ३३.६ यता हिमाचल प्रदेशकालागी भएको मत सर्वेक्षणले ४९.५ र ३८.७ प्रतिशत, जम्मु कश्मीरकालागी ३६ र ४०.६ त्यसैगरी झारखण्डमा ४१.९ र ४६.५,कर्णाटका भित्र ४४ र ४७.९ प्रतिशत उता महाराष्टमा ३८.४ र ४२.४ (एनसीपी र युपीए) उता केरलमा ४३.१५ र ३५.१ प्रशित मत जाने अवस्था देखाएको छ । मध्यप्रदेशमा ४८.४ र ४७.९को हाराहारी देखाउँछ । यता पञ्जावमा ३४ र ४४.७ प्रतिशतको अवस्था देखिन्छ । राजस्थानमा ४९.४ र ४४ प्रतिशतको प्रतिष्पर्धा देखिन्छ । फेरी उता तमिलनाडुमा ६७ र ३३ को आंकडा भेटिन्छ । यता उत्तराखण्डकालागी ४९.२ र ३३.५ प्रतिशतको परिस्थिति देखिन्छ । तेलगांनाको अवस्था ४२.४ र २९ प्रतिशत देख्न सकिन्छ । महत्वपूर्ण राज्य मधयको एक वेष्ट बगांलमा १८ र ९.६को फासला छ भने जहाँ एआइटीसीको पक्षमा ३१ प्रतिशत भन्दा बढी र सीपीआइएमको भागमा २९.४ प्रतिशत मतको अवस्था देखिन्छ ।

भारतको राजनीतिमा ‘मिष्टर क्लिन’ का नामले परिचित राजीव गान्धी र सोनिया गान्धीका छोरा राहुलको जन्म सन् १९७० जुन १९ मा भएको हो ।
दून स्कुलबाट शुरुभएको राहुलको शिक्षा सेन्ट स्टेफीन्स कलेज,दिल्ली हुँदै हार्वड युनिभर्सीटी सम्म पुग्यो तर उनले हार्वडमा शुरु गरेको अर्थशास्त्रको अध्ययन (सन् १९८१देखी १९८३ सम्म सुरक्षको कारण) विचमै छोडे । उनले विंटर पार्क रोलिन्स कलेज फ्लोरीडाबाट सन् १९९४मा अन्तराष्ट्रिय सम्बन्धमा स्नातक गरे । उच्च शिक्षा हाँसील कै क्रममा राहुलले क्याम्ब्रीज विश्वविद्यालय अन्तरगतको ट्रिनिटी कलेजबाट सन् १९९५मा ‘डेभलपमेन्ट स्टडीज’ विषयमा एमफील सम्मको अध्ययन पुरा गरेकाछन् । आफ्नो परिवार राजनीतिमा रहेको भएपनि उनिले केही समय व्यावसायीक जिवन पनि विताए । लण्डन स्थित ‘ब्राण्ड स्टेट्रजि’ अन्तरगतको मोनिटर ग्रुपको कम्पनिमा राहुलले करिव ३ वर्ष काम गरे । सन् २००२मा भारत फर्केका राहुल मुम्बइमा रहेको ब्याकप्स सर्विसेज लिमिटेड नमाक कम्पनिमा आवद्ध भएर काम गरेका
थिए ।
सन् २००४ मा भएको लोकसभा चुनावमा उत्तरप्रदेशको अमेठीबाट सासंद निर्वाचित भएका राहुललाई पटक टिक स्पिच डिफेक्ट्सको आलोचना खेप्नु परेको थियो । खासगरी विरोधि दलहरु र राजनीतिक विष्लेशकहरुका तर्फबाट । सन् २००८मा राहुलले आँफुमा आत्मविश्वास बढाउन बक्सिङ्ग पनि सिकेको समाचारले कुनैबेला भारतीय मीडीयामा चर्चा बटुलेका थिए । ओमप्रकाश भारद्धाजसँग राहुलले बक्सिङ्ग सिकेका थिए ।  भारतीय सञ्चारमाध्यममा उनि एकपटक फेरी कभरेजमा आए तब, जब राहुलले मुम्बईको लाइफलाइन मानिने लोकल रेल चढेर यात्रा गरेका थिए ।

सन् २००१३मा पार्टीको उपाध्यक्ष भएका राहुल गान्धी त्यस अघि भारतीय युवा काँग्रेसका अध्यक्ष भएका थिए । १६ डिसेम्बर २०१७ देखी राहुल गान्धीले पार्टीको अध्यक्ष पद सम्हालेका हुन् ।उनका बाबु राजीव गान्धीले ३६ वर्षको उमेरमा राजनीतिमा कदम राखेका थिए भने, गान्धी परिवारका अर्का सदस्य सञ्जयले ३० वर्षको उमेरमा निर्वाचन लड्दै राजनीतिमा उत्रेका थिए । एक विमान दुर्घटनामा उनको निधन भयो । राहुलकी हजुरआमा इन्दिरा गान्धीले ४२ वर्षको उमेरमा पार्टीको अध्यक्ष पद सम्हालेकी थिइन् ।

चर्चित र विवादीत राहुल :  यदी १९९२मा नेहरुको सरकार भएको भए बाबरी मस्जिद लाई तोडीने थिएन, उतिबेला पी.वी. नरसिंह राव काँग्रेसको सरकार थियो ।’–राहुलले १९ मार्च सन् २००७ मा भाषणका दौरान भनेका थिए । उक्त भाषण राहुल गान्धीको राजनीतिक जीवनकै सबैभन्दा अपरिपक्व भाषण भनेर सर्वत्र आलोचना भएको थियो ।  राहुल गान्धीमा राजनीतिक परिपक्वता ल्याउनमा उनको अमेरीका स्थित क्यालिफोर्निया विश्वविद्यालयको कार्यक्रमा लिएको सहभागिताले महत्वपूर्ण भुमिका खेलेको राजनीतिक विष्लेशकहरुको भनाई छ । त्यहाँ उनले भारतको राजनीति र विदेश नीतिका विषयमा बोलेका थिए । विभिन्न विश्वविद्यालयको अध्ययनका बारेमा ती सबै झुट भएको भन्दै सन् २००६मा न्युजविक ले राहुल गान्धिीमाथि आरोप लगाएको विषयले पनि भारतमा चर्चा बटुलेको थियो । हालसालै मात्र टाउनहिल चेन्नाइमा छात्राहरुसँगको साक्षात्कारमा राहुलले एक प्रश्नकर्ता छात्रालाई आँफुलाई सम्बोधनमा सर नभन्न आग्रह गर्दै ‘राहुल’ मात्रै भन्न गरीएको अनुरोधले उनि फेरी चर्चामा रहे । यसअघि पनि उनिले आफ्ना बक्सिङ्ग गुरु ओमप्रकाश भारद्धाजलाई यस्तै आग्रह गरेका थिए । बक्सिङ्ग गुरु भारद्धाजले उनलाई सम्बोधन गर्दा राहुल जी र राहुल सर भन्ने गरेको समाचार माध्यमले उल्लेख गरेका थिए ।

राजधानी दिल्ली स्थित खान मार्केटमा कहीलेकाहीं कफी पीउन जाने देखी वेरोनिक नाम गरेकी एक युवति आफ्नी केटी साथि भएको स्वयं बताउने अविवाहीत ४८ वर्षीय राहुल गान्धी पछिल्लो पटक लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकंमाल गरेर चर्चामा रहे ।
आफ्नो भाषणलाई लिएर मात्रै होइन चीन र भारत बीचको डोक्लाम विवाद ताका चीनका राजदूतलाई गोप्यमा भेटेको विषयले राहुल गान्धीलाई फेरी विवादमा धकेल्यो । लोकसभा निर्वाचन २०१९ मा उनले गर्ने भाषण जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयुका विद्यार्थि नेता सन्दिप सिंहले लेखिदिने गरेको विषयले चर्चा पाएको छ । सन्दिप उनै विद्यार्थि नेता हुन जस्ले युपीए नेतृत्वमा बनेको काँग्रेस सरकारका प्रधानमन्त्री डा. मनमोहन सिंहलाइ कालो झण्डा देखाएका थिए ।

आफ्नो राजनीतिक जीवनका शुरुवाति दिनहरुमा भन्दा अहिले राहुल गान्धी मन्दिर जाने र आँफुले लगाएको नुतन अर्थात जनै देखाउन समेत पछी पर्दैनन् । राहुल गान्धी नेपालको बाटो भएर कैलाश मानसरोवर समेत पुगेका छन् । सन् २०१४ को लोकसभा निर्वाचनमा अनपेक्षित हार व्यहोर्नुपरेपछी राजनीतिक करियरलाई अगाडी बढाउन पछिल्ला ३ (छत्तिसगढ,राजस्थान र मध्यप्रदेश) राज्यका निर्वाचनमा हाँसील गरेको जीतले पार्टी भित्र ‘आर जी ’को नामले सुपरिचित राहुल गान्धीलाई केही हौसला प्राप्त भएको सहजै देख्न सकिन्छ । स्मरण रहोस सन् २०१४को लोकसभामा यीनै ३ राज्यका ६५ सिटमा भारतीय जनता पार्टीले ६२ सीट सहित विजयी हाँसील गरेको थियो । त्यस अघिको सन् २००९को लोकसभा निर्वाचनमा राहुल गान्धीले ६ हप्तामा देशभरी नै १ सय २५ वटा कार्यक्रमलाई सम्बोधन गरेका थिए । उत्तरप्रदेशमा संघर्षरत आफ्नो पार्टीलाई कुल ८० मध्ये २१ सीट जिताउँदै कमब्याक गराउन उनको भुमिका महत्वपूर्ण रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।