शुक्रबार, बैशाख ७, २०८१

२९ औं जनआन्दोलन दिवस विविध कार्यक्रम सहित मनाइदै 

राजधानीमा आयेजित प्रभातफेरीमा सर्वोच्च नेता सिंहको योगदानको चर्चा

काठमाडौं  चैत २६,  आज चैत २६ गते अर्थात नेपाली कांग्रेसको अगुवाइमा र बाममोर्चा समेतको सहभागीतामा भएको मुलकमा पञ्चायती शासन ब्यवस्थाको अन्त्यका गर्दै प्रजातन्त्र वहालीका लागि फागुन ७ गतेदेखि शुरु भएको आन्दोलनका कारण तत्कालीन राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते राती पञ्चायती ब्यवस्था खारेज गर्दै बहुदलीय राजनीतिक प्रणाली अवलम्बन गर्ने घोषणा गरेको दिन जनआन्दोलन दिवसका रुपमा मनाइदैछ ।  तत्कालीन जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा देशैभर एकै पटक शुरु भएको जनआन्दोलनले चैत २४ गते उग्र रुप लिएको थियो ।

यसवीचमा दर्जनौ आन्दोलनकारीले सहादत प्राप्त गरेका थिए । आन्दोलन मथ्थर हुनुको अलावा झन उग्र बन्दै गएपछि राजा बीरेन्द्रले आन्दोलनकारी नेताहरुलाई दरबारमा बोलाएर सम्झौता गर्दै चैत २६ गते राती बहुदलीय ब्यवस्था पुनस्र्थापनाको घोषणा गरेका थिए । हो यसै महान दिनको सस्मरणमा आज राजधानीमा विविध कार्यक्रम सहित जनआन्दोलन दिवस मनाइदै छ । यसैक्रममा वाकाथुन , विचारगोष्ठि , दिप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना गरिएका छन ।

यसैवीच २९ औं जनआन्दोलन दिवस तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सम्झनामा आज गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा प्रभातफेरी को आयोजना गरिएको छ । राजधानीकोबसन्तपुरबाट  शुरु भएको प्रभातफेरी वसन्तपुरबाट न्यूरोड, वीर हस्पिटल, रत्नपार्क, दरबारमार्ग, पुरानो बसपार्क, भद्रकाली, सहिदगेट हुँदै पुनः वसन्तपुरमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा कांग्रेसका नेता प्रकाशमान सिंह, नेता नविन्द्रराज जोशीलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमानसिंहको योगदानको चर्चा गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु