बिहिबार, चैत्र १५, २०८०

२२ दिन पछि पत्रकार महर्जन थुनामुक्त

काठमाडौ बैशाख १७ , सर्वोच्च अदालतका न्यायाधीशद्दय दीपककुमार कार्की र हरिप्रसाद फँुयालको संयुक्त इजलासले न्हूगु ज्वजलपा वाः पौ साप्ताहिक पत्रिकाका सम्पादक जीतेन्द्र महर्जन थुनामुक्त गर्ने आदेश जारी गरेको छ ।

जारी आदेशमा बस्तुनिष्ट आधार र कारण बिना पक्राउ अनुसन्धानका क्रममा थुनामा कार्य मुलुकी फौजदारी कार्यविधि (संहिता) विपरीत भएको भन्दै महर्जनलाई थुनामुक्त गर्ने आदेश जारी गरसंगै पत्रकार महर्जन २२ दिन पछि आज थुना मुक्त हुनु भएको हो ।

महर्जन लाई गैरकानूनी रूपमा थुनामा राखेको उल्लेख गर्दै नेपाल पत्रकार महासङ्घको तर्फबाट महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।