शुक्रबार, बैशाख ७, २०८१

हावाहुरी प्रभावित क्षेत्रका पिडितलाइ सहयोग गर्न औषधि व्यवसायीहरुलाइ पिडानको आव्हान

काठमाडौं चैत १८, आइतबार साँझ आएको बिनाशकारी हावाहुरीका कारण प्रदेश नं २ को बारा र पर्सामा भएको ठुलो धनजनको क्षति प्रति नेपाल  थोक औषधि व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवासायी संघले गहिरो दुःख व्यक्त गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाद्दारा आज जारी  विज्ञप्तिमा विपद्को यस घडीमा विपद् व्यवस्थापनका लागि तमाम औषधि व्यवसायीहरुलाइ आ आफ्नो तह र तप्काबाट प्रभावित क्षेत्रका पिडितहरुलाइ सहयोग गर्न आव्हान गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा हावाहुरीका कारण पीडित तराईका जनताको सहयोगार्थ आवश्यक सहयोग उपलब्ध गराउँन आव्हान गर्नुको अलावा भविष्यमा यस्ता प्राकृतिक विपत्तिबाट जनधनको रक्षाका लागि तत्काल ठोस कदम चाल्न  सरकारको समेत ध्यानाकर्षण गराईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु