बिहिबार, बैशाख ६, २०८१

हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ दिने सरकारको निर्णय

  • नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथीमा बढुवा
  • कतारका लागि नेपाली राजदूत प्रा। रमेशप्रसाद कोइरालालाई नेपाल फिर्ता बोलाउने निर्णय
  • चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन ( करिब रू १६ अर्ब ८० करोड) सहायता स्वीकार गर्ने निर्णय
  • विश्व बैंकले उपलब्ध गराउने अनुदान सहायता प्राप्त्किा लागि हुने वार्ताको लागि अख्तियारी प्रदान

काठमाडौ वैशाख १२, वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बारा र पर्सामा विनाशकारी हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ नेपाली सेनामार्फत् खर्च गरिने जानकारी दिनु भएको छ ।  यसको लागि सरकारलेले नेपाली सेनालाई बजेट उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनु भएको छ ।  साथै बैठकले भूकम्पपीडितका लागि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (पहिलो संशोधन) कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिदै प्रवक्ता बाँस्कोटाले जानकारी दिनु भएको छ ।

  त्यस्तै उहाँले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी मे २६ देखि ३१ सम्म हुने अष्ट्रिया भ्रमणलाई स्वीकृत गरेको जानकारी दिदै पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना (पश्चिम खण्ड) नुवाकोटको देउडी–कटुञ्जे सडकमा पर्ने कागुणे खोला पुलका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउँनु भएको छ ।

 विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने २ अर्ब ६५ करोड ७७ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी विकास सहायता नीति, २०७१ बमोजिम विश्व बैंकसँग वार्ता गर्न अख्तियारी प्रदान गरिएको जानकारी दिनु भएको छ ।

यस्तो छ मप बैठकको निर्णय 

त्यस्तैगरि मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथीमा , प्राविधिक सहायक रथी डा.सुनिलकुमार सिंहलाई प्राविधिक उपरथीमा र पाँचजना महासेनानीलाई सहायक रथी दर्जामा पदोन्नति गर्नुको अलावा नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरिएको पत्रकार सम्मेलनमा बताउँनु भएको छ ।

साथ नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन (करिब रू १६ अर्ब ८० करोड_ सहायता स्वीकार गर्ने निर्णय सहित गुणस्तरसम्बन्धी विषयमा सहयोगसम्बन्धी नेपाल र चीनबीच हस्ताक्षर हुने समझदारीपत्र स्वीकृत गरेको जानकारी दिनु भएको छ भने  कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई नेपाल फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।