बिहिबार, चैत्र १५, २०८०

हावाहुरीका कारण मृत्यु भएका परिवारलाई नेकपाको तर्फबाट पाँच लाख दिने अध्यक्ष प्रचण्डको उद्घोष

काठमाडौं चैत १९,  नेकपाका अध्यक्ष एवम पूर्वप्रम प्रचण्डले आइतवार बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई पार्टीको तर्फबाट प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने बताएका छन् । बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षतविक्षेत अवस्था बुझ्न आज बारा पुग्नु भएका उहाँले पार्टीका तर्फबाट मृतक परिवारलाई पाँचरपाँच लाख रुपैयाँ दिने घोषणा गर्नु भएको हो ।

साथै त्यस अवसरमा पार्टीका तर्फबाट उद्धारकार्य तीव्र बनाउन सरकारलाई निर्देशन दिइएको जनाउ दिदै अध्यक्ष प्रचण्डले सरकार साथमा रहेका कारण नअत्तालिन आग्रह गर्दै छिटो भन्दा छिठो राहत तथा पूर्नस्थापनाको लागि सरकारले काम शुरु गर्ने बताउँनु भएको प्राप्त समाचार उल्लेख गरेका छन । त्यस्तै अध्यक्ष प्रचण्डसंग बारका पिडितहरुले सरकारका मन्त्री मन्त्रीहरु घटनास्थलमा त आए तर रित्तो हात भन्दै मार्मिक् गुनासो गरेको समेत समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।