बुधबार, बैशाख १२, २०८१

स्वयम्भू र हनुमानढोकावीचको तादम्यता कायम गर्न सम्पदा पदयात्राको गुरु योजना सार्वजनिक गरिने

काठमाडौं बैशाख ३,  विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोकावीचको तादम्यता कायम गर्ने लक्ष्य सहित तयार गरिएको सम्पदा पदयात्राको गुरु योजना विश्व सम्पदा दिवस—२०१९ को अवसरमा सार्वजनिक गरिने भएको छ ।  गुरु योजनामा मुलत स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पु-याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यता बारे जनमानसमा चेतना अभिवृद्धि गर्दै महानगरका मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, र यसको सम्बद्र्धनका लागि आवश्यक निति तय गरिएको बताईएको छ ।

त्यस्तै सम्पदा पदयात्राको २.२ किलोमिटर दुरीभित्र बसन्तपुरबाट दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा यसवीचमा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल लगायतका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने महानगर अन्र्तगतका सम्पदा तथा पर्यटन समितिले जनाएको छ ।

साथै यी यस्ता महत्वपूर्ण सम्पदाको पहिचान सहित संरक्षणका लागि महानगरपालिकार्ले विभिन्न संकेत चिन्हहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँ ठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने र पदमार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्रको समेत स्थापना गरिने भएको छ ।

त्यस्तै हनुमानढोका — काष्ठमण्डप — मरु गणेश — मरु हिटी — सन्तानेश्वर महादेव — मरुबही — मिच्याः गल्ली — बन्जाः हिटी — साः (तेल मिल) — चस्वांद्वँ — दमाइ टोल — सुन्ता गल्ली — पाछै गल्ली — नरदेवी द्यःछेँ — आयुर्वेदिक अस्पताल — सामुदायिक (लोकेश्वर) गल्ली — बुरांखेल — म्येछ्यों हिटी — तप्यँताँ — रञ्जित मल्ल सतः घाट — भेलु महादेव — डल्लु चौतारा — निपु हिटी (भीमसेन मन्दिर) — धिमे ल्वहं — चारा हिटी — भुइखेल हुँदै स्वयम्भूसम्मको क्षेत्रलाइ सम्पदा पदमार्गको प्रारुपमा पहिचान गरिएको समितिले जनाउँदै गुरु योजना सार्वजनिकरणको क्रम पूर्व स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म -याली आयोजना गरिने बतार्ईएको छ ।

यसअधि अर्थात गत वर्ष काठमाडौ क्षेत्र नं ८ का लागि संघीय संसदका  सदस्य जीवनराम श्रेष्ठको अगुवाइमा संस्कृति र सम्पदाको संरक्षण एवम जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनका लागि पदयात्राको आयोजना गरिएको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।