शुक्रबार, चैत्र १६, २०८०

स्वतस्फूर्त परिचालित हुन नेपाल स्काउटको आव्हान

काठमाडौं चैत १८, आइतबार साँझ आएको बिनाशकारी हावाहुरीका कारण प्रदेश नं २ को बारा र पर्सामा भएको ठुलो धनजनको क्षति प्रति नेपाल स्काउटले गहिरो दुःख व्यक्त गरेको छ ।

विपद्को घडीमा नेपाल स्काउटका विपद् व्यवस्थापन तालिम प्राप्त सम्पूर्ण स्काउट लिडर र रोभर रेन्जर स्काउटका साथै अन्य महानुभावलाई समेत उद्धार, राहत तथा सहयोग जस्ता अत्यावश्यक कार्यमा स्वतस्फूर्त परिचालित हुन नेपाल स्काउटले एक विज्ञप्ती मार्फत अपिल गरेको छ ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीद्धारा हस्ताक्षरित अपिल विज्ञप्तीमा प्रदेश २ का बारा र पर्साका जिल्ला स्काउट कार्यालयलाई उद्धार,राहत तथा स्वयंसेवक परिचालनमा आवश्यक पहल तथा समन्वय गर्न गराउन निर्देशन दिइएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।