बिहिबार, चैत्र १५, २०८०

सामाजिक सञ्जालबाट हुने सबै प्रकृतिका अपराध नियन्त्रणका लागि सूचना प्रविधि ऐन : मन्त्री बाँस्कोटा

काठमाडौ चैत १८,  सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरेको बताउँनु भएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इमो, भाइबर, स्काइप, ह्वाट्सएपलगायत) लाई करको दायरामा ल्याउन सरकारले ऐनको आवश्यकता जरुरी रहेको निष्कर्षको अलाव पछिल्लो समय सामाजिक सञ्जालबाट हुने सबै प्रकृतिका अपराध नियन्त्रणका लागि समेत सूचना प्रविधिसम्बन्धी ऐनको आवश्यता महसुस गरिएको जनाउ दिनु भएको छ ।

तर यहाँ सरकारले सामाजिक सञ्जाल बन्द गर्न खोज्यो भनेर भ्रामक प्रजारवाजी भएको मन्त्री वास्कोटाले विमति राख्दै यदि सरकारको गलत मनशाय भउको भए कदापि सरकारले  डिजिटल नेपाल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउँने काम गर्दैनगर्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।