शुक्रबार, बैशाख ७, २०८१

सरकारले प्रजातन्त्रको मर्म विपरित शासन गर्न खोजेको सभापति देउवाको आरोप

काठमाडौ बैशाख ७,  नववर्षको अवसरमा काठमाडौं काँग्रेस क्षेत्र नं ५ ले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा वोल्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जनताको प्रजातान्त्रिक हक र अधिकारको उपेक्षा गर्दै सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ ।

त्यस्तै उहाँले वर्तमान सरकारले सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले प्रजातन्त्रको मर्म विपरित शासन गर्न खोजेको बताउँदै यस्तो आरोप लगाउँदै पार्टीभित्र पछिल्लने समय अनुशासन हराउँदै गएको जिकिर गर्दै अवका दिनमा अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म काङ्ग्रेस पहिलो पार्टी बन्न नसक्ने बताउँदै पहिले गुठ उपगुठको अन्त्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सहमहामन्त्री डा प्रकाशशरण महत केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य नरहरि जिल्लासभापति कृष्ण (सबुज) बानियाँ लगायतले पार्टी एकजुट हुनुको विकल्प नभएको बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु