शनिबार, बैशाख ८, २०८१

समिति गठनमा भागवण्डा नमिल्दा काँग्रेस बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौ चैत २३ , नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन लगायतका समसामायिक विषयमा छलफल गर्ने भन्दै पार्टी कार्यालय आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा  कार्यसम्पादन समितिमा भागबन्डा नमिलेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

प्राप्त समाचारमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलावीच सहमति बन्न नसक्दा बेठक बस्न नसकेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।