शुक्रबार, चैत्र १६, २०८०

सनातन धार्मिक पक्षको जर्गेनाका लागि ढोकाटोलमा एकमहिने बैशाख महात्म्यको कथा वाचन

काठमाडौं बैशाख ७ , बैशाख विक्रम सम्बतको पहिलो महिना हो। सौर्य मासका अनुसार बैशाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुशार चैत पूर्णिमाको भोलिपल्टबाट बैशाख महिना शुरु भएको मानिन्छ ।  बैशाख महिना वर्षाराम्भको महिना भएका कारण १२ महिनाहरू मध्ये जति महच्वपूर्ण मानिन्छ त्यतिनै यो महिनामा पर्ने पर्व विशेषका कारण पनि महत्वपूर्ण रहेका पाइन्छ ।

यो महिनामा पर्ने पर्व अन्र्तगत वरुथिनी एकादशी जुन एकादशीमा भगवान विषणुको पूजा अर्चना सहित उपासना गर्ने गरिन्छ । त्यस्तै वैशाख औशी देखि अक्षय तृतीया ,सीता नवमी ,मोहिनी एकादशी र वैशाख पूर्णिमा जस्ता महत्वपूर्ण तिथीमिति  समेत यसै महिनामा पर्ने भएका कारण धार्मिकग्रन्थमा यस महिनाको महत्वपूर्ण व्याख्या रहेको पाइन्छ ।  त्यस्तै  वैशाख महिनामा जती सक्य जल दान गर्ने कुवा धारा निर्माण गराउने र नित्य दिन स्नान गर्ने गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता सनातन कालदेखी रहिआएको पाइन्छ ।  

हो यी यस्तै बैशाख महिनाको धार्मिक महत्वको पक्षलाइ आत्मासात गर्दै काठमाडौं महानगरपालिका वडा न १९ स्थित ढोकाटोलमा श्री वाल गोपाल भजन सञ्चालन संस्थाद्दारा सनातन धार्मिक पक्षको जर्गेना गर्ने लक्ष्य सहित एक महिने बैशाख महात्म्य वाचन कार्यक्रमको आयोजना गरेका छन ।  गत बैशाख ६ गतेबाट कथावाचक सुशील राजोपाध्यायबाट एकमहिना सम्म प्रत्येक साँझ ५ बजे बैशाख महिनाको विषयमा अति दुर्लभ भक्ति तथा ज्ञानमार्गको रहस्य उजागर गर्दै महात्म्य वाचन हुँदै आएको छ ।

यस्तो छ वैशाख महिनाका महत्वपूर्ण पर्वविशेष

वैशाख महिनाको पहिलो दिन नववर्षको आरम्भमा भक्तपुरमा बिस्केटजात्रा मनाइन्छ। यसै दिनमा वाग्द्वार, विष्णुनाभी टोखा, सपनतीर्थ, त्रिवेणी यी ३ ठाउँमा स्नान र चण्डेश्वरी पीठ दर्शन गर्नाले विभिन्न रोगहरू निर्मुल हुने  विस्वास रहिआएको छ ।
वैशाख कृष्ण आमावस्यालाई माता तीर्थ औंशी भनिन्छ। यस दिन आमा नहुनेले स्नान आदी गरी जो सकेको दान गर्नाले पुण्य मिल्दछ भन्ने गरिन्छ त्यसै दिन काठमाडौंको मातातीर्थमा स्नान श्राद्ध गर्नेको मेला लाग्दछ। तर आमा हुनेले जो सकेको उपहार र मेवा मिष्ठान्न चढाएर आमालाई सम्मान गर्ने प्रचलन रहिआएको छ।
वैसाख शुक्ल तृतियामा पर्ने अक्षय तृतियामा भुटेको जौको पिठो अथवा सातु, चीनी या सख्खर मिलायको पानी वा सर्वत माटोको भाँडो, अंखोरा, गाग्री, गिलास जे सकिन्छ त्यसमा राखेर दान गर्नाले देवताहरू खुशी हुन्छन् र अक्षय पुण्य मिल्दछ भन्ने धारणा रहँदै आएको छ। त्यस्तै वैशाख शुक्ल सप्तमीलाई गंगाजीको जन्म दिन मानिन्छ। यस दिन आफुलाई पाएक पर्ने नदीमा स्नान गरेमा पुण्य प्राप्त भएर सुखी भईन्छ भन्ने विस्वास रहिआएको छ । वैशाख शुक्ल पुर्णिमाको दिन भगवान बुद्धको जन्म दिन बुद्ध पुर्णिमा पर्दछ।

गत वर्षको कार्तिक महिनामा पनि संस्थाले खभजन किर्तन सहितको कार्तिक महात्म्यको वाचन कार्यक्रमको आयोजना गरेको जानकारी दिदै आयोजक संस्थाका उपाध्यक्ष गोपाल मानन्धरले स्थानीयको माग अनुरुप वर्षको शुभारम्भ महिनामा कथा वाचन कार्यक्रमको आयोजना गरिएको बताए ।  साथै उपाध्यक्ष मानन्धरले कथा वाचन कार्यक्रम आयोजनाका लागि संस्थाका अध्यक्ष अम्विका सिंह महर्जनको अध्यक्षतामा ३१ सदस्यीय मुल समिति र विभिन्न उपसमितिहरु समेत गठन गरिएको जानकारी दिएका  छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।