मङ्लबार, बैशाख ४, २०८१

सनराइज र लाइफ इन्स्योरेन्स कर्पोरेशन लि.बीच बैंकास्योरेन्स सम्झौता”

काठमाडौं वैशाख ५, सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स  सम्बन्धि आज बैकको मुख्यालयमा एक कार्यक्रमकावीच सम्झौता भएको छ ।
प्रस्तुत सम्झौता अनुसार सनराइजले देश भर रहेका १०४ वटै शाखाबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना विक्री गर्न सक्ने अधिकार प्राप्त गरेका छन ।

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गर्नु भएको उल्लेख गर्दै बैकद्दारा जारी विज्ञप्तिमा  बैंकिङ्ग सेवाको क्षेत्रमा बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्नुको अलावा मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।