शुक्रबार, चैत्र १६, २०८०

सनराइजको क्यालेण्डर विमोचित

काठमाडौं चैत २३ सनराइज बैंक लिमिटेडको नयाँ वर्ष २०७६ सालको क्यालेण्डरको उ कार्यक्रमकावीच शुक्रवार विमोचन गरेको छ ।
बैंकको केन्द्रीय  मुख्यालयमा गैरिधारामा आयोजित कार्यक्रममा विमोचित उक्त कयालेण्डरमा बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरि पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई समावेश गरिएको छ ।

कार्यक्रममा दिईएको जानकारी अनुसार स–साना बालबालिकाहरुले आफ्ना मानसपट���मा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारिताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको जनाएको छ ।

विमोचन समारोहमा बैंकका सञ्ंचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, श्री दीपक नेपाल, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायतले बालबालिकालाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान समेत प्रदान गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।